कोरोनाको पैसा खर्चिएर हेलिप्याड– नेपाल

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कोषको रकम खर्च गरेर वालुवाटारमा हेलिप्याड बनाएको बताएका छन् । शुक्रबार नेकपा एसको स्याङ्जा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले कोरोनाको कोषको बजेट दुरुपयोग गर्दै हेलिप्याड बनाएको बताएका थिए । उनले ओली नेतृत्व सरकारले चरम भ्रष्टाचार गरेको बताए ।
ओलीले अरवौ रुपैयाँ भ्रष्टाचार गरेको बताउदै जनताको समस्यालाई सम्बोधन नगरेको बताए । निर्मला पन्त लगायतका घटनाका दोषीलाई कारबाही नगरि देशमा अशान्ति पैदा गर्ने केपीले आफू र आफ्ना भक्तबाहेक अरुलाई सम्मान गर्न नजान्ने उनको भनाई थियो । सरकारमा रहदा पनि काम गरेको झुटो भाषण गर्ने ओलीले जवजको नारा लगाउदै पार्टी र सत्ताको दुरुपयोग गरेको उनले बताए । ओलीको राजतन्त्र र भारतसंग साठगाँठ रहेकाले पटकपटक संसद विघटन गरेको आरोप उनले बताए । ओली गलत बाटोमा हिडेकाले उनलाई सुर्धान धेरै पहल गरेको बताउदै उनले भने, ‘ओली वालुवा हुन उनलाई निचरेर तेल आउदैन । उनलाई मान्छे बनाउन खोज्नु नै हाम्रो मुर्खता हो ।’
विदेशीसंग लम्पसार ओली लोकतन्त्रको मुल्य र मान्यतालाई कुल्चिएर अघि बढेको उनको भनाई थियो । संविधानको रक्षा गर्ने भनेर कसम खाएका ओलीले संविधान माथि नै घात गरेको बताउदै अध्यक्ष नेपालले एउटा व्यक्तिको स्वार्थको लागि पार्टी नै गुमाउन हुदैन भनेर नेकपा एस खोल्न बाध्य भएको बताएका थिए । माओवादीका संख्याको भ¥याङ चढेर दुई तिहाइको फुई लगाएका ओलीले दुई तिहाई टिकाउन नसकेको उनको भनाई छ । गलतलाई गलत नभनी उनको भजन गाएमा मात्र उनको प्रिय भइने बताउदै नेपालले देश र पार्टी जोगाउनको लागि मात्रै नया“ कदम चाल्नुपरेको बताए । सरकार र पार्टीमा एकलौटी निर्णय गरेको भन्दै नेपालले ओलीको चौतर्फी विरोध गरेका थिए । मदन भण्डारी फाउन्डेसनको वाहानमा ओलीले चरम गुटबन्दी गर्दै आएको उनले बताए । स्याङ्जा पुगेर पनि नेपालले कानुनी रुपमा सम्भव भए अव आउने निर्वाचन एकैपटक गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *