परराष्ट्रमन्त्री डा।नारायण खड्काले कोरोना महामारी विश्वव्यापी रुपमा समस्या भएको कारणले खोपलाई सबैको पहुँचमा पुर्याउन र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् ।
विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रममा उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको बताएका छन । खोपलाई सबैको पहुँचमा पुर्याउन को लागी ध्यान दिनुपर्ने उनले बताएका छन ।
खड्काले विशेष गरी गरिब देशहरूमा कोरोना महामारीले ठूलो आर्थिक क्षति गरेको र गरिब देशहरुको आर्थिक उन्नतीको लागि धनी देशहरुले सघाउनु पर्ने उनले बताएका थिए । यसै वर्षको अप्रिलसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने र नेपालको खोप अभियानका बारेमा जानकारी दिएका थिए ।
Post Views: 25