कोरोना प्रभावितलाई उद्यमी बनाउन ५० हजार अनुदान

Share this post :

Facebook
Twitter
WhatsApp

कोरोना महामारीबाट प्रभावित बनेका युवायुवतीलाई उद्यमी बनाउने ५० हजार रुपैयाँ अनुदान वितरण गरिएको छ । उद्यमशिलता तथा नवप्रवर्तन कोष मार्फत ‘स्टार्टअप’का रुपमा ५० हजार नगद अनुदान दिइएको हो । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा कोभिड १९ उद्दार कोष स्थापना गरिएको थियो ।
सो कोषबाट अनुदान वितरण गरिएको दियालोका अध्यक्ष कविता गैह्रेले बताइन् । उनका अनुसार प्रतिव्यक्ति ५० हजारका दरले २० जनालाई वितरण गरिएको छ । ‘दशै लक्षित गरेर वितरण गरिएको छ’ उनले भनिन, ‘यसबाट सानो उद्यम गर्न लगानी होस भन्ने हाम्रो चाहाना हो । थोरै लगानी नहुदाँकयौ युवायुवती वेरोजगार भएर बसेका छन् । सानोबाट व्यवसाय बढाउने लाने त होनी ।’ उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको समन्वयमा अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन बृद्धि गर्नका लागि ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिएको तिवारीले बताइन् । कोरोना भाइरस प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवायुवतीलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रुपमा नगद अनुदान दिन थालिएको संस्थाले जनाएको छ । संस्थाले विशेष राहत प्याकेज उपलब्ध गराई वेरोजगारीलाई उद्यमी बनाउने योजना तय गरेको छ ।
संस्थाले यसअघि पहिलो चरण अन्तर्गत गतवर्ष पनि २० जना नयाँ उद्यमीलाई सहयोग प्रदान गरेको थियो । वैदेशिक वा स्वदेशमा नै कोरोना भाइरसका कारण प्रभावित भएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सोहीमार्फत सहयोग गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । ‘व्यवसाय वा उद्यम गर्न चाहनेहरुले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाएका छौं’ नगरप्रमुख खाँणले भने, ‘कोषको आकार सानो छ । आगामी दिनमा कोष बृद्धि गर्दै जाने र अझै धेरैलाई समेट्दै जाने तयारीमा छौं ।’ विशेषगरी उत्पादन तथा नवप्रवर्तनका सोँच राख्ने युवायुवतीलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराउने उनले बताए ।
कोरोना भाइरसका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याई उनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन सकियोस् भन्ने हेतुले कोषमार्फत सहयोग गर्ने योजना अगाडि बढाईएको युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए । वालिङ नगरपालिका क्षेत्रभित्र रहेका कोरोना भाइरस प्रभावित तथा बेरोजगारलाई उद्यमशिल बनाई रोजगारका अवसर सिर्जना गरेर आर्थिक उन्नति गराउने, सानो पूँजीको परिचालनबाट आर्थिक उपार्जनतर्फ अगाडि बढाउने, उत्पादन र उत्पादकत्व बढाउनका लागि उत्प्रेरणा जगाउने, युवा, सीमान्तकृत, कोरोना भाइरसका कारण रोजगारी गुमाएका तथा न्यून आय भएका व्यक्तिको जीवनमा परिवर्तन ल्याउने, राम्रो सोचलाई व्यावसायिकतातर्फ उन्मुख गराउने, दीगो आर्थिक समृद्धिका लागि अग्रसर बनाउने, थोरै सहयोग मार्फत काम गरे सहयोग प्राप्त हुन्छ भन्ने वातावरण बनाउने, कोषमार्फत अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने गरी उद्देश्य निर्धारण गरिएको अर्यालले बताए । गतवर्ष वालिङमा स्थापना भएको ईबिक सेन्टरले नवप्रपर्तन तथा व्यवशाय प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आईरहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *