केही दिनदेखी निरन्तर परेकाे वर्षााका कारण सप्तकोसी नदीमा पानीको वहाव बढेकाे छ । पानीकाे वहाव अत्याधिक बढेपछि सर्तक रहन स्थानीयलाई आग्रह गरिएकाे छ । गएराती ३ बजे कोशी व्यारेज भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्डका दरले वहाव भएको थियो । सोमवार विहान ८ वजेको मापन अनुसार कोसी व्यारेज भएर ४ लाख ३९ हजार ३ सय ९५ क्युसेक पानी प्रतिसेकेन्डका दरले वहाव भइरहेको छ ।
पानीको वहाव अत्यधिक भएपछी व्यारेजका सवै ५६ ढोका खोलिएको छ । विहानवाट पानीको सतह केही घटन थालेको छ । अत्याधिक वहाव भए पनि कोसी व्यारेजका संरचना सुरक्षित रहेको र तटवन्ध लगायतका संरचनामा पनि अहिलेसम्म कुनै ठुलो क्षति नभएको सप्तरी प्रहरीले जनाएको छ ।
Post Views: 24