गण्डकी प्रदेश सांसदले क्रमागत योजनामा उचित बजेट विनियोजन गर्न गण्डकीको अर्थ मन्त्रालयलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालयद्धारा पोखरामा आयोजित प्रि बजेट छलफल कार्यक्रममा सांसदले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिलाई विकासको पहिलो प्रथामिकता दिनुपर्ने बताएका थिए । कृषिका क्रमागत योजनालाई बजेट अपुग हुदा“ समस्या भएको सांसदको भनाई थियो ।
खाद्य बस्तु तथा कृषिमा आत्मनिर्भर बनाउदै आयातलाई प्रतिस्थापन गर्न नेपालको भूगोल अनुसारको कृषि उत्पादनमा जोड दिदै कृषिलाई आधुनिकीकरण तथा व्यवसायीक बनाउनु पर्नेमा उनीहरुको जोड थियो । क्रमागत तथा प्रदेशका रणनितीक एवं गौरवका योजनालाई उचित बजेटको व्यवस्था गर्न समेत माग गरेका थिए । सांसद रामबहादुर गुरुङले रिसर्च गरी सम्भावना भएको ठाउ“को पहिचान गर्दै कृषि उत्पादनमा जोड दिनुपर्ने सुझाए । विदेश जाने युवालाई स्वदेशमै रोक्नको लागि अन्तराष्ट्रिय स्तरकै गुणस्तरिय बस्तुको उत्पादन गर्न केन्द्रित गर्नुपर्ने उनको भनाई थियो । जनमोर्चा संसदीय दलका नेता सांसद पियारी थापाले प्रदेशले कृषिलाई पहिलो प्रथामिकता दियर उत्पादनमा जोड दिनुपर्ने सुझाइन् । राइनासटार सिंचाई आयोजना निर्माण गरी कृषि उत्पादनमा बृद्धि हुने उनको तर्क थियो । अनुउत्पादन क्षेत्र, मठ मन्दिर, गुम्बा लगायतको क्षेत्रमा हाल लगानी गर्न नहुने सांसद थापाले सुझाव दिएकी छन् ।
पुष्पा केसी भण्डारीले सडक र बस्ती विस्तार गर्ने क्रममा पानीको मुहान सुक्न थालेकोले त्यसतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताइन् । सांसद मित्रकुमारी गुरुङ सुवेदीले वजेट विनियोजनामा असमान ढंगले भएको गुनासो गर्दै अघिल्लो सरकारले ल्याएका क्रमागत योजनालाई निरन्तरता दिन माग गरिन् । सांसद हरिबहादुर चुमानले स्वास्थ्यमा उचित ढंगले काम गर्न नसकिएको बताए । पुर्वमन्त्री समेत रहेका चुमानले प्रदेशले बिशिष्टिकृत अस्पतालको स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै, ठाउँ÷ठाउओमा चार्जिङ सेन्टर स्थापना गरेर मात्र विद्युत्तीय सवारी साधन भित्राउनुपर्ने उनले बताएका थिए । रोशनबहादुर गाहा थापाले योजना छनौटमा हाल पनि पुरानै शैलिको भएको गुनासो गर्दै टुक्रे योजना छनौट गर्न नहुने बताए । हिमाल, पहाड र तराईलाई समेट्ने गरी बजेट विनियोजन गर्न उनले माग राखेका छन् । प्रदेश गौरवका योजनालाई प्रथामिकता दिनुपर्ने उनको भनाई थियो । चन्द्रमोहन गौचनले मुस्ताङमा स्याउ उत्पादन गर्ने गरी प्रदेश सरकारले ७५ प्रतिशत अनुदान कार्यक्रम ल्याए पनि हाल करिब ५० प्रतिशत बिरुवा मर्न थालेको बताए ।
अघिल्लो सरकारले ल्याएको क्रमागत योजनामा अहिलेको सरकारले न्यून बजेट विनियोजन गरेको गुनासो गरे । यस्तै, महेन्द्रबहादुर थकालीले मुस्ताङमा अब बाढी पहिरोको उच्च जोखिम बढ्ने हुदा विपद् व्यबस्थापनमा बढी बजेट विनियोजन गर्न सुझाव दिएका थिए । उनका अनुसार मुस्ताङमा कम बजेट विनियोजन भएको छ । मिनप्रसाद गुरुङले ‘एक निर्वाचन क्षेत्र, एक सडक’, सदरमुकाम जोड्ने सडकमा जोड दिदै दिगो विकास हुने गरी बजेट केन्द्रित गर्न माग गरे । ८५ वटै वडा देखि पालिकासम्म जोड्ने सडक आवश्यक भएको उनको सुझाव थियो । प्रदेश निती तथा योजना आयोेगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेश गौरवका रुपान्तरणका योजनालाई प्राथमिकता दिदै आगामी बर्षमा उत्पादनमा दोब्बरले बृद्धि गर्ने गरी जानुपर्ने बताए । आगामी बर्ष उत्साह र समृद्धिको आधारको बर्षको रुपमा रहने उनले बताए ।
अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९÷८० मा सांसदले सुझायका विषयवस्तु सम्बोधन गरिने बताएका छन् । उनले उक्त योजना सम्बन्धित कार्यालयबाट ल्याउन आग्रह गरेका छन् । खुसुखुसु आएका टुक्रे योजनालाई आगामी बजेटमा सकभर प्रथामिकता नदिने मन्त्री बरालको भनाई थियो । प्रदेशको भएको सिमित पुजिँलाई विकास निर्माणमा अधिकतम प्रयोग गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिदै आएको मन्त्री बरालले बताए । मन्त्रालयका सचिव बैकुण्ठप्रसाद अर्यालले आगामी वर्षको बजेट सम्बन्धि प्रस्तुती राख्दै प्रदेश सरकारले चालु आवमा ५ अर्ब राजश्व संकलनको लक्ष्य राखेको बताए । उनका अनुसार हालसम्म ३ अर्ब ६० करोड राजश्व संकलन भएको छ । प्रदेश सरकारले राखेका लक्ष्य पुरा गर्न कोरोनाले गर्दा केही असर परेको उनको भनाई थियो । गण्डकी प्रदेश समग्र विकासको लागि आगामी आर्थिक बर्ष केन्द्रित हुनुपर्ने विकासका क्षेत्र, प्रदेश भित्र उत्पादन र रोजगारी अभिबृद्धि गर्न गर्नुपर्ने कार्य, प्रदेशको आन्तरिक आय बृद्धि गर्न केन्द्रित हुनुपर्ने लगायतका बिषयमा छलफल भएको थियो ।
