नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच पार्टी एकता भएको छ । क्रान्तिकारी माओवादीको मोशन वैध्ले नेतृत्व गरेका छन् भने बहुमतको धर्मेन्द्र बास्तोलले नेतृत्व गरेका थिए । दुई पार्टीबीच आज काठमाडौँमा एकता भएको एक कार्यक्रमबीच घोषण गरिएको छ ।
पार्टी एकताको औपचारिक घोषण भने अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आउँदो मे १ मा हुने बताइएको छ । दुई दलले गत साउनमै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए । पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६÷६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो ।
Post Views: 22