नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विहीवार अदालतले यस्तो आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्धय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका हुन् । लामिछानेलाई विदेश जान भने रोक लगाइएको छ । उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।
Post Views: 18