सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सम्मान गरेको छ । गण्डकी प्रदेशको टीमले प्रथम स्थान हा“सिल गरेको खुशीयाली मनाउदै आइतबार अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रालयमै बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन् । खेलाडीलाई सम्मानपत्रसहित फुलको माला र अविरले सम्मान गरिएको थियो ।

कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको थियो । गण्डकी प्रदेश यु—१९ महिला क्रिकेट टोलीमा अन्जली बिस्वकर्मा (उ.क), सिमाना केसी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जिटी, सेरिना थापा मगर, मनिसा उपाध्याय (क), सिर्जना पौडेल, जेनिसा खत्रि, आङपेम ल्याम्बु शेर्पा र प्रीती पराजुली रहेका छन् । उक्त टोलीको टिम प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थापकमा एलिसा लामिछाने रहेका छन् ।
१२ जना टिममा १० जना खेलाडी स्याङ्जाको मात्रै रहेको बताउदै स्याङ्जा क्रिकेट संघका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । टोलीमा कास्की र नवलपुरका पनि सहभागी थिए । सम्मानको क्रममा मन्त्री बरालले प्रदेश सरकारले प्रारम्भिक चरणमा जनही ५० हजार पुरस्कार दिने घोषणा गरेका छन् । बरालले प्रदेशको नाम उचो राख्न खेलाडीले पु¥याएको योगदानको प्रशंसा गर्दै उक्त टोलीमा आर्थिक सहयोग गर्ने घोषणा गरेको बताए । खेलाडीको प्रोत्साहन स्वरुप केही न केही गर्नुपर्छ भन्ने भाव रहेको बताउदै उनले भने, ‘राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरी विजेता हुनु भएको तपाई सम्पूर्ण खेलाडी, अपिसियल, खेल संघ लगायतलाई बिषेश धन्यवाद दिन चहान्छु । यो जितले गण्डकी प्रदेशको गौरव र सान बढेको हामीले महशुस गरेका छौं ।’ खेल क्षेत्रले व्यक्तिलाई स्वस्थ्य राख्ने, आफ्नो जिल्ला, प्रदेश र देशको पहिचान बनाउने हुदाँ आगामी दिनमा खेल क्षेत्र प्रबद्र्धन गर्न प्रदेश सरकारको ध्यान केन्द्रित हुने भएको मन्त्री बरालले बताए ।
खेल क्षेत्रले पर्यटन प्रबद्र्धनसंगै आर्थिक गतिविधि समेत बढाउने जसले प्रदेशको आन्तरिक पुंजि समेत बृद्धि हुने उनले बताए । प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले उक्त जितले गण्डकी प्रदेशलाई ठुलो खुसि प्रदान गरेको बताउदै खेल क्षेत्रमा लाग्नेहरुको जीवनको भविश्य ग्यारेन्टी गर्नुपर्ने बताए । सम्भावना भएका खेलाडीहरु पलायन हुने अबस्थालाई अन्त्य गर्नुपर्ने उनको धारणा थियो । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदबाट लाभ लिन दीर्घकालिन योजना अनुसार लगानी आवश्यक भएको बताए । गण्डकी प्रदेशका खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङले महिला क्रिकेटले दिलाएको जितले प्रदेशका २५ लाख जनतामा खुसि छाएको बताउदै प्रदेश सरकारले खेलकुदलाई बजेटको हिसावले बढी प्रथामिकता दिनुपर्ने बताए । क्रिकेटको क्षेत्रमा पहिलोपटक ठूलो उपलब्धि हात पारिएको क्रिकेट संघले जनाएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले क्रिकेटले पहिलोपटक गण्डकी प्रदेशलाई खुशी दिएको बताउदै खेल क्षेत्रमा अझै पनि सरकारले बजेट उपलब्ध गराउन नसक्दा खेल सिकाउन नपाउनुको साथै, क्रिकेट मैदान नभएको समस्या राखे । उनले खेलमैदान व्यवस्थापनको लागि सरकारसंग आग्रह गरेका छन् ।