खर्च विवरण बुझाउन मान्दैनन् उम्मेदवार

Share this post :

Facebook
Twitter
WhatsApp

गत वैशाखमा ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाले अझै पनि खर्च विवरण बुझाएका छैनन् । उम्मेदवारले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा ९१० र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ९४० मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाईसहित तोकिएको कार्यालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
आयोगका अनुसार उम्मेदवारी दिएका करिव ७० प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन आलटाल गर्ने उम्मेदवारलाई कारबाही गर्ने बताएको छ । आयोगका अनुसार ढिला विवरण बुझाउनेको स्वीकार गरिनेछैन् ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (२) मा कुनै राजनीतिक दल वा उम्मेदवारले दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेस नगरेमा वा त्यसरी पेस भएको विवरणमा सोही दफाको उपदफा (२) बमोजिम लेखापरीक्षण हुँदा लेखापरीक्षकको परीक्षणका आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानूनी प्रयोजनका लागि गैरकानूनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ । आयोगले जरिवानाको कारबाही भएका व्यक्ति आउँदो निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएको छ । यस्तै, विजयी र पराजितमध्ये कति उम्मेदवारले खर्च विवरण बुझाए या बुझाएनन भन्नेबारे विवरण तयारी गरिरहेको आयोगले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *