जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्याँस (एलपी, शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगायत) को मूल्य १६६० मा विक्री वितरण गर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले सूचना जारी गर्दै व्यावसायीलाई तोकिएको मूल्य भन्दा बढी मूल्य लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्री वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारबाही गरिने जनाएको छ । सूचनामा डिलरबाट बिक्रि मुल्य प्रति सिलिण्डर १६१६ रुपैया र खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न भनिएको छ ।
कास्की प्रशासन कार्यालयले जारी गरेको सूचना जस्ताकोतस्तै :
कास्की जिल्लामा शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगायत विभिन्न कम्पनीका एल।पी। ग्यासहरु खाना पकाउने तथा दैनिक उपभोगमा आईरहेको व्यहोरा सर्व विदितै छ । सो सम्बन्धमा नागरिकको दैनिक जिवनमा प्रत्यक्ष सरोकार राख्ने एलपी ग्यासको बिक्री वितरणका सम्बन्धमा यस कार्यालयमा प्रत्यक्ष वा परोक्ष रुपमा विभिन्न जनगुनासाहरु प्राप्त भई रहेको सन्दर्भमा नेपाल आयल निगम लिमिटेडको समायोजित मूल्य सूचि अनुरूप ९डिलरबाट विक्री मूल्य १६१६ तथा कम्पनीले उपलब्ध गराएको अनलाईन भ्याट बिल जारी गरी रु १६६० खुद्रा मुल्यमा० विक्री वितरण गरी ग्यास विक्री वितरणलाई थप प्रभावकारी तथा सहज बनाई उपभोक्ता हित संरक्षण गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । नियमित बजार अनुगमनका क्रममा अनलाईन भ्याट बिल जारी नभएको र प्रचलित कानून विपरित कार्य भएको देखिएमा स्वयम् विक्री वितरण गर्ने फर्म वा व्यक्ति वा कम्पनी जिम्मेवार हुनुपर्ने साथै प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।