खुकुरी प्रहार गरेर पाेखरामा एक युवाले श्रीमतिकाे हत्या गरेका छन् । सामान्य विवाद हुँदा आज दिउँसाे १२ बजेर १० मिनेट जादा काेठाभित्र श्रीमतीमाथि खुकुरी प्रहार गरेका हुन् ।
कास्कीकाे अन्नपुर्ण गाउँपालिका-१ नौडाँडा घर भई हाल पोखरा-८ कुँवर टोलस्थित चोयाराज ज्वारचनको घरमा डेरा गरी बस्ने ४२ वर्षिय जहरसिंह कुँवरले श्रीमती ४० वर्षिया राधिका कुँवरलाई सामान्य विवादको कारण घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरेकाे प्रहरीले जनाएकाे छ । खुकुरी प्रहारमा घाईते राधिकालाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकाे थियाे । उपचारकाे क्रममा चिकित्सकले १२:४४ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख माेहन थापाले जानकारी दिए । उनका अनुसार खुकुरीसहित श्रीमानलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएकाे छ ।
Post Views: 50