उपराष्ट्रपति नन्दवहादुर पुन (पासाङ) ले खेल प्रेमीको लागि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी र खेलप्रेमीको महान् पर्व रहेको बताएको छन् । शुक्रबार औपचारिक रुपमा उद्घाटन गर्दै उनले यस्ता चाडपर्वले राष्ट्रिय एकताको सन्देश दिने बताएका थिए । यस्ता पर्वले देशको समृद्धिका लागि सकरात्मक उर्जा प्रदान गर्ने उनको भनाई थियो ।
उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’को व्यक्त्व्य जस्ताको तस्तै
ज्ञ। माछापुच्छ्रेको काख र फेवातालको किनार, देशकै प्रमुख पर्यटकीय गन्तव्य सुन्दर नगरी पोखरामा आयोजित ‘नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन समारोह’मा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुसी र गौरवको अनुभूति भएको छ । यहीं कात्तिक ३ गतेसम्म पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुने नेपाली खेलाडी र खेलप्रेमीहरुको यो महान् उत्सव नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु । यस अवसरमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, खेलसम्बद्ध संघ÷संस्था, प्रशिक्षक, खेलाडी, पदाधिकारी र खेलप्रमेमीहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु ।
द्द। हामीले नेपालीहरुको ठूलो पर्व दसैँलाई भर्खरै विदाइ गरेका छौँ । तिहार, नेपाल संवत्, छठ लगायतका हाम्रा धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु सन्निकटमा छन् । यी चाडपर्वहरुले हाम्रो राष्ट्रिय एकतालाई अझै मजबुत बनाउने र देशको समृद्धिका लागि सकारात्मक उर्जा प्रदान गर्ने अपेक्षासहित यी पर्वहरुको अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरु, यहाँहरुका परिवारजन र सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छु ।
आदरणीय महानुभावहरु,
घ। राष्ट्रिय खेलकुद खेलाडी, सम्बद्ध पदाधिकारी र समर्थकहरुका लागि यो ठूलो महोत्सव हो । हामी हरेक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आइपुगेका छौँ । आजभन्दा ४१ वर्षअघि भएको राष्ट्रिय खेलकुदको प्रथम संस्करणबाट यहाँसम्म आइपुग्दा नेपाली खेलकुदले थुप्रै उतारचढावहरु पार गरेको छ । यहाँ थुप्रै किर्तिमान बनेका छन् । अवसरहरु सिर्जना भएका छन् । चुनौतीहरु पन्छिदै गएका छन् । सम्भावनाहरु देखिएका छन् । भौतिक पूर्वाधार निर्माण हुदै गएका छन् । राष्ट्रिय खेलकुद आयोजना हुने सहरहरुले आफूलाई फेर्ने अवसर पाएका छन् र समृद्धिको मार्गमा अग्रसर भईरहेका छन् । खेलकुद आम नेपालीहरुको लागि चाँँसो र प्राथमिकताको विषय बनेको छ । खेलकुदप्रतिको सोंचमा निकै सकारात्मक परिवर्तन आएको छ ।
द्ध। राष्ट्रिय खेलकुदले विविध चुनौती पनि भोगिरहेको छ । तथापी यसले हरेक संस्करणमा केहीं नयाँ गर्दै आएको छ । २०३८ भदौ २७ देखि असोज ४ सम्म भएको प्रथम संस्करणमा १६ वटा खेल समावेश थिए । जम्मा २६६ पदकका लागि भएको राष्ट्रिय खेलकुदमा १४ सय ४३ जना खेलाडी सहभागी थिए । यो पोखरालाई देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न र यसको मुहार फेर्न कोशेढुंगा सावित भएको २०४० साल चैत्र १२ देखि २० गतेसम्म यसै भूमीमा भएको दोस्रो राष्ट्रिय खेलकुदमा २१ खेलमा प्रतिस्पर्धा गराइएको थियो । जम्मा ३७० पदकका लागि भएको प्रतिस्पर्धामा २ हजार ५७ जना खेलाडी सहभागी थिए । ती खेलकुदमा सबै भूगोलबाट र महिला सहभागीता न्यून मात्रामा थियो ।
छ। पोखेरेली सहरले ३९ वर्षपछि दोस्रो पटक स्वागत गरेको यो नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेलमा प्रतिस्पर्धा चलिरहेको छ । पदक संख्या १३ सय ८६ पुगेको छ । प्रतिस्पर्धामा करिब आठ हजार खेलाडी सहभागी हुने विश्वास गरिएको छ । यो खेलकुदमा सहभागी खेलाडीमध्य करिब ४७ प्रतिशत महिला हुनुहुन्छ । यसबाट हामी भन्न सक्छौँ –राष्ट्रिय खेलकुद विस्तार भइरहेको छ । महिला सहभागीता उल्लेख्य मात्रामा वृद्धि भएको छ । विदेशमा रहनुभएका नेपाली खेलाडीहरुसहित, विभागीय र सबै भूगोलका खेलाडीहरुको सहभागीता छ । म यस अवसरमा राष्ट्रिय खेलकुदको सुरुवात गर्दै नवौं संस्करणसम्म ल्याइपु¥याउन योगदान पु¥याउनु हुने सबैमा सम्मान व्यक्त गर्दछु ।
आदरणीय महानुभावहरु
ट। राष्ट्रिय खेलकुद हजारौँ खेलाडीको खेल जीवनको भविष्यसँग जोडिएको हुन्छ । दूरदराजमा हुर्किएर खेलकुदमा अघि बढ्दै गरेका खेलाडीहरुको लागि त यो सपना जस्तै हो । किनकी यो खेलाडी र सम्बद्ध सबैका लागि आफ्नो क्षमता र प्रतिभा राष्ट्र सामु प्रदर्शन गर्ने, राष्ट्रले नयाँ प्रतिभाहरु जन्माउने र किर्तिमानहरु सिर्जना हुने प्रमुख अवसर हो । यो प्रतियोगिताबाट थुप्रै विधामा नयाँ राष्ट्रिय किर्तिमानहरु बन्ने मैले अपेक्षा लिएको छु । विधिवत उद्घाटन अगावै सम्पन्न विविध विधाका प्रतियोगिताहरुमा पदक विजेता टिम र खेलाडी मित्रहरुलाई बधाई दिंदै तपाईं उत्कृष्ट खेलाडीहरुलाई नयाँ राष्ट्रिय किर्तिमानका लागि शुभकामना व्यक्त गर्दछु ।
ठ। राष्ट्रिय खेलकुदको आयोजनाले भौतिक पूर्वाधारको विकास हुन्छ । सहरका मुहार फेरिन्छन् । यसबाट राष्ट्रको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुग्छ । यस्ता अवसरमा हुने छलफल र भलाकुसारीबाट खेलकुद क्षेत्रका विकासका लागि नीतिगत रुपमा महत्वपूर्ण सुधार हुन्छन् । खेलकुद क्षेत्रको विकासका लागि नयाँ कार्ययोजना बन्छन् । आज यहाँ उपस्थित हुँदै गर्दा पछिल्ला तीन संस्करणका राष्ट्रिय खेलकुदमा जनाएको सहभागीता, त्यस अवसरमा गरिएको छलफल र अहिले भइरहेका कार्यप्रगति स्मरण गरिरहेको छु ।
ड। सातौं राष्ट्रिय खेलकुदको समापन समारोहमा तात्कालीन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिवसहित हामीले खेलकुदको विकासका लागि स्पोर्टस् यूनिभर्सिटी स्थापना गर्नुपर्नेमा छलफल गरेका थियौँ । खुसीको कुरा आज यो कार्यान्वयन प्रक्रियामा अगाडि बढिसकेको छ । त्यसै समारोहको छलफलबाट कम उमेरका बालबालिकाबाट क्षमतावान खेलाडी पहिचान गर्ने उद्देश्यले राखेपले उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरुवात ग¥यो । जेष्ठ नागरिक खेलकुद प्रतियोगिताको प्रक्रियामा अगाडि बढेको छ । नेपालका सबै क्षेत्रमा खेलिने भलिबल राष्ट्रिय खेल बन्यो । गणतन्त्र प्राप्ति पछिको सरकारले खेलकुदलाई प्राथमिकता दिंदै युवा तथा खेलकुद मन्त्रालय बनायो ।
ढ। हामीले भनेका थियौँ –सातौं राष्ट्रिय खेलकुदले धरानको मुहार फेर्नेछ । बाँसले बारिएको धरानको रंगशाला अहिले भव्य बनेको छ । आठौं राष्ट्रिय खेलकुदका लागि लुम्बीनीलाई झण्डा हस्तान्तरण गर्दा मैले भनेको थिएँ –लुम्बीनीले खेल पूर्वाधारमा छलाङ मार्नेछ । अहिले त्यसै भएको छ । नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीलाई झण्डा हस्तान्तरण गर्दा मैले नै भनेको थिएँ –गण्डकीले खेलकुद पूर्वाधारमा फड्को मार्नेछ । दोस्रो राष्ट्रिय खेलकुदले स्थापित गरेको पोखरालाई यो प्रतियोगिताले थप अगाडि बढाएको छ । गण्डकी प्रदेशको खेलकुद पूर्वाधार विकास भएको छ । म यो आयोजना र खेल क्षेत्रको विकासका लागि पोखरेली र गण्डकीबासीमा बधाई दिन चाहन्छु ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
ज्ञण्। आजको विश्वमा भातृत्व, शान्ति र समझदारी विकासका लागि खेलकुद महत्वपूर्ण कडी हो । व्यक्तिगत विषय भन्दा पनि सिंगो समाज र राष्ट्रको महत्वपूर्ण चिनारी र पहिचान हो । मानवीय मूल्य मान्यता, सामाजिक सद्भाव र भाइचारा विकास गर्न तथा शारीरिक र मानसिक रुपले स्वस्थ नागरिक तयार गरी खेलको माध्यमबाट समाजमा शान्ति कायम गर्दै राष्ट्रको प्रगति र अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान र राष्ट्रिय चिनारी उचो बनाउन खेलकुदको व्यापक विकास आवश्यक छ । त्यसैले त स्वास्थ्यको लागि खेल, पहिचानका लागि खेल, राष्ट्रका लागि खेल, अनुशासन र समृद्धिका लागि खेल, राष्ट्रिय एकताका लागि खेल भनिएको छ ।
ज्ञज्ञ। खेलकुद विकासको पहिलो शर्त भने पूर्वाधारको विकास नै हो । यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नु नै हो । तर, पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति देखिरहेको छैन । वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको छ । सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन । सरकार, राखेप, खेल सम्बद्ध संघ संस्था, खेलाडी र सरोकारवाला सबैले यो राष्ट्रिय खेलकुदमा हामी संकल्प गरौँ –खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौं , राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौैँ । किनकी साझा प्रयासविना यसको विकास कठिन हुन्छ ।
आदरणीय खेलाडी मित्रहरु,
ज्ञद्द। पदक जित्नुमात्र विजयी हुनु होइन । जिल्ला र प्रदेश तथा विभागबाट प्रतिस्पर्धा गर्दै राष्ट्रिय खेलकुदसम्म आइपुग्नु आफैमा ठूलो विजय हो । कुनै समय म राष्ट्रिय खेलकुदका लागि छनौट भए तापनि विविध कारणले सहभागी हुन नपाएको मैले आज स्मरण गरिरहेको छु । यस्तो परिस्थिति यहाँहरु थुप्रैले भोग्नु भएको होला । म यस अवसरमा विभिन्न छनौट चरण पार गर्दै राष्ट्रिय खेलकुदमा आएर प्रतिस्पर्धा गर्नुहुने सम्पूर्ण खेलाडीहरुमा बधाई ज्ञापन गर्दछुु । गहिरो आत्मविश्वास र उच्च मनोबलका साथ प्रतियोगितामा भाग लिन आग्रह गर्दछु ।
ज्ञघ। निश्चय नै, हाम्रा खेलाडी मित्रहरुले स्रोत र साधनको अभाव लगायतका विविध कठिनाइ भोगिरहनु भएको छ । तर पनि नेपाली खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता प्रशंसनीय छ । खेलकुदको माध्यामबाट नेपालको झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराउनु हुने सबै खेलाडी र सम्बद्ध पदाधिकारीहरुमा यस अवसरमा उच्च सम्मान व्यक्त गर्दछु ।
ज्ञद्ध। विगतको तुलनामा खेलाडी मित्रहरुको सेवा सुविधामा भने अवश्य वृद्धि भएको मैले जानकारी पाएको छु । खेलाडी मित्रहरुले यस क्षेत्रमा लामो समय बेतित गर्नुभएको छ । खेलकुदबाट प्राप्त प्राविधिक शिक्षाको प्रमाण पत्रलाई औपचारिक शिक्षा सरह मानिनुपर्ने आवाज उठिरहेका छन् । यस विषयलाई गहिरो गरी मनन् गर्न, अध्ययन गर्न र निचोडमा पुग्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । खेल क्षेत्रका कर्मचारीरुको लामो समयदेखि बढुवा हुन नसकेको र संघीय कानून बमोजिम समायोजन हुन नसकेका गुनासा पनि छन् । यसतर्फ पनि ध्यान दिन म ध्यानाकर्षण गराउन चाहन्छु ।
ज्ञछ। अन्त्यमा, मलाई नवौं राष्ट्रिय खेलकुद उद्घाटन समारोहमा आमन्त्रण गर्नुभएकोमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्प्रति आभार व्यक्त गर्दछु । यस प्रतियोगिताले हरेक दुई वर्षमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद । जय खेलकुद ।