खैरो हिरोईनसहित दुई जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–३० खुदीस्थित लागूऔषध खैरो हिरोईनसहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भएको गोप्य सूचनाको आधारमा प्रहरीले ग ११ प ७७४५ नम्बरको स्कुटर पार्किङ गरी बसेका पोखरा–३० खुदीका २६ वर्षिय किरण पौडेल र २४ वर्षिय बसन्तराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ तत्काल डिजिटल तराजुबाट तौल गर्दा ६२ ग्राम र दुई वटा मोवाइल बरामद गरेको छ । सोमबार जिल्ला अदालत कास्कीमा लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *