गठबन्धनको पक्षमा माहोल बनेपछि अध्यक्षविरुद्ध दुष्प्रचार गरियो– प्रचण्डको सचिवालय

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अध्यक्ष प्रचण्डविरुद्ध दुष्प्रचार गरिएको भन्दै कारबाही गर्न निर्वाचन आयोग र सम्बन्धित पक्षको ध्यानकर्षण गराएको छ ।
गठबन्धनको पक्षमा जनमत बलियो भन्दै गएको देखेर अतालिएकाहरुले अध्यक्ष प्रचण्डविरुद्ध अनर्गल प्रचार गरेको भन्दै प्रचण्डको सचिवालयले उक्त कार्यको भत्र्सना गर्दै कारबाहीका लागि सम्बन्धित सरोकारवाला पक्षको ध्यानकाकर्षण गराएको हो ।
अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले फेसबुकमा लेखेका छन– ‘सुदूरपश्चिम क्षेत्रमा भएको चुनावी सभाको भव्य सफलताबाट अत्तालिएका राष्ट्रघाती, जनविरोधी र परिवर्तन बिरोधी तत्वहरुको नियोजित उक्साहटमा अध्यक्ष कमरेड कर्णालीबाट फर्किनु भएपश्चात केही सञ्चार माध्यममा ‘सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो’ शीर्षकमा प्रकाशित समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । यो झुटो र कपोकल्पित छ ।’
त्यसैगरी, केही दिन अगाडि गोरखाको चुनावी अभियानमा प्रचण्डमाथि ‘ढुंगा प्रहार’भन्दै गरिएको झुटो प्रचारको समेत सचिवालयले खण्डन गरेको छ । स्वकीय सचिव मल्लले लेखेका छन्– ‘करिब १ दशक अगाडि काठमाडौको जनप्रर्दशनको भिडियो मेन्सन गरि झुठो समाचार टिकटक लगायतका सामाजिक सन्जालमा राखिएको थियो । यसरी निर्वाचन आचार संहिता विपरित उम्मेद्वारहरुमाथि प्रतिगामी तत्वको इशारामा निरन्तर भैरहेको निन्दनीय दुस्प्रचारको हामी सम्पुर्ण रुपले खारेज गर्दछौं । साथै यसप्रकारका दुस्प्रचार गर्नेमाथि कार्बाही गर्न निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण गराउदछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *