प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा जारी गठबन्धनको वैठक सकिएको छ । तर, वैठकमा सहमति भने जुटन् नसकेको नेताले प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले वैठकमा सहमति नभएको बताए । वैठकमा सहमति नजुटेसँगै यो गठबन्धनले निरन्तरता नपाउने भन्दै माओवादी केन्द्रका नेताले बताँउदै आएका छन् ।
वैठकमा देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा असहमति हुदै दाहाल वैठकबाट उठेर हिडेपछि वैठक सकिएको बताइएको छ ।
गठबन्धनका नेता बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेताहरु रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग छलफल गरिरहेका छन् । गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिदैछ । तर, दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन । यता, एमालेले सत्ता गठबन्धनको निर्णय कुरेर बसेको बताएको छ । माओवादी केन्द्रका नेताहरुले नेकपा एमालेसँग पनि अनौपचारिक छलफल गरिरहेका छन् भने कांग्रेसले पनि एमालेसँग संवाद टुटाएको छैन ।
