गठबन्धनको सिट बाँडफाँट (सूचीसहित)

Share this post :

Facebook
Twitter
WhatsApp

दुई महिनाको प्रयासपछि सत्तारूढ गठबन्धन दलले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी बाँडफाँट गरेका छन् । गठबन्धनबाट जसपा बाहिरिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट गरेका हुन् ।
शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले गरेको सहमतिअनुसार कांग्रेसले ८४ सिट लिएको छ । त्यस्तै माओवादीले ४७, एकीकृत समाजवादीले १९ र जनमोर्चाले २ सिट पाउने भएका छन् । सप्तरी १ र २, सिरहा ४, धनुषा २ र ३, महोत्तरी ३ र ४, सर्लाही १, बारा २ र ३, पर्सा १ र ३ तथा बाँके १ मा सिट बाँडफाँट गरिएको छैन ।
मधेसको अर्को शक्ति लोसपालाई समेत गठबन्धनमा सामेल गर्ने गरी दलहरूले १३ सिटको टुंगो लगाउन बाँकी राखेका छन् ।
कुन दललाई कहाँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *