गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न आग्रह गरेका छन् । का“ग्रेस, माओवादी केन्द्र लगायत ५ दलिय गठबन्धन मजबुद्ध भए मात्र व्यवस्था बलियो हुने बताए । ‘राजनीतिमा आएको परिवर्तन र मुलुकको परिवर्तन खोस्ने प्रवृति जोगाउनलाई गठबन्धन गरेका हौ’ उनले भने । माओवादी केन्द्र पोखरा महानगरपालिकाको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अहिले पार्टीमा टिकट पाउने रक्सारक्सी भए पनि टिकट पाएपछि अप्ठ्यारो नमानी एक भएर लाग्नुपर्ने उनको भनाई थियो । ‘चितवनमा जस्तै एकताको सन्देश दिनुपर्छ’ उनले भने, ‘टिकट पाउने क्रममा प्रतिस्पर्धा हुनु स्वभाविक हो ।’
Post Views: 19