एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धनले चुनावी तालमेल गर्ने बताएका छन् । उनले यदी गठबन्धन संगै चुनाव लड्न नमाने पनि आफूहरु एक्लै चुनाव लड्ने बताए । ‘मिले सवै एकै ठाउँ हुन्छौ’ पत्रकारले कांग्रेसंग तालमेल सम्भवन छ त भनेर सोधेको प्रश्नमा उनले जवाफ दिदै भने, ‘यदी नमिले हामी बामपन्थी मिलेर चुनाव लड्छौ । यदी त्यो पनि संभव नभए एक्लै लड्छौ ।’ उनले माओवादी केन्द्रसंग पार्टी एकताको विषयमा तत्काल छलफल नभएको बताए ।
प्रधानन्याधिशलाई महाअभियोग लगाउने कुरा गलत प्रचार भएको बताएका छन् । नेपाल पत्रकार महासंग गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा आफूहरुबीच (गठबन्धन) कुनै छलफल नभएको बताए । उनले केपी ओलीका कार्यकर्ताले गलत प्रचार गर्दै भ्रम छाडेको बताए ।
‘केपी ओलीले बदला लिन यस्तो प्रचार गरेका हुन’ नेपालले भने, ‘दुई÷दुईपटक संसद विघटन गर्दा प्रधानमन्त्री रहेका ओलीसंग छलफल नगरि सर्वोच्चले संसद पुनःस्थापनाको फैसला गरेको बदला ओलीले लिन खोजेका हुन् । महाअभियोग लगाउने कुनै कारण छैन् ।’ उनी ओलीप्रति रुष्ट देखिएका थिए । असन्तुष्टि व्यक्त गर्दै ओली कम्युनिष्ट पनि नरहेको र ओलीमा कम्युनिष्ट विचार पनि नरहेको बताए । ओलीमा पार्टी संगठन र सत्ता कसैको पनि चिन्ता नभएको बताउदै व्यक्तिगत स्वार्थका कारण आफूहरु अलग्नि बाध्य भएको बताए ।
‘कम्युनिष्टको विचार, पुष्पलाल र मदन भण्डारीको विरासत बोकेर हामी नयाँ पार्टी खोलेका छौ’ उनले भने, ‘एमालेको भन्दा हाम्रो पार्टी विशाल हुन्छ । अहिले एमालेको लाइनमा रहेका कार्यकर्ता पनि ओलीले हुर्मत लिएपछि हामीतिर फर्किन्छन् ।’ उनले आफूबाट अलिग्एर एमाले धारमा देखिएका सांसदलाई इंकित गर्दै दाजुभाई फुट्ने र छुट्ने क्रम स्वभाविक रहेको बताउदै आफूहरु संघर्षबाट नभाग्ने र यात्रा जारी रहने बताए । ओलीले आफूबाहेक अरुलाई आफ्नो भन्ने प्रवृत्ति नरहेकाले एमालेमा पनि विचलन हुने उनको भनाई थियो । उनले आफैले बनाएको एमाले पार्टीभित्र आफैले संघर्ष गर्नुपरेको बताएका थिए । एकिकृत समाजवादी नेताको नभई विचार र कार्यकर्ताको पार्टी बनाइने उनले बताए । उनले केपी ओलीलाई सुर्धानु भनेको वालुवा निचरेर तेल निकाल्नु जस्तै रहेको बताएका थिए ।
उनले गण्डकी प्रदेशमा आफ्नो एउटा पनि सांसद नरहेको भन्दै आगामी निर्वाचनमा आफूहरुले पनि प्रतिनिधित्व गर्ने बताए । आफूहरु सवैभन्दा कमजोर गण्डकीमा रहेको बताउदै उनले यस क्षेत्रमा बढी संघर्ष गर्नुपर्ने बताए । ‘सुदुरपश्चिममा हामी पहिलो छौ’ उनले भने, ‘केपी ओली कता हो कता । अवका दिनमा नेकपा एमालेलाई टर्च बालेर खोज्ने बनाउछौ ।’ उनले अवको निर्वाचन पटकपटक गर्नुभन्दा राज्यको खर्च जोगिने गरी एकैपटक गर्नुपर्ने धारण व्यक्त गरे ।
