सत्तारुढ गठबन्धनले भोलि (सोमबार)सम्म महानगर र उपमहानगरको विषयमा टुंगो लगाउने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो ।
गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर समाचार आइरहेका बेला गठबन्धनले भोलि ठोस कार्ययोजनासहितको निर्णय गर्ने बताएको हो । त्यसैगरी बैठकले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने पनि निर्णय गरेको छ ।
सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा गरेको छ । काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल गर्ने गरी बिहानको बैठक टुंगिएको हो ।
Post Views: 24