गण्डकीकाे याेजना आयाेगकाे उपाध्यक्षमा खतिवडा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश नीति तथा याेजना आयाेगकाे उपाध्यक्षमा डा श्रीकान्त खतिवडा नियुक्त भएका छन् । चैत २७ गते बसेकाे मन्त्रिपरिषद्काे वैठकले उपाध्यक्षमा तनहुँका खतिवडालाई नियुक्त गरेकाे हाे ।

मुख्यमन्त्री खगराज अधिकारीले उनलाई मंगलबार विहान पद तथा गाेपनियताकाे शपथ खुवाएका छन् । खतिवडाले शपथ लगत्तै पदभार गरेका छन् ।

सरकारका प्रवक्ता हरिबहादुर चुमानले उपाध्यक्ष र सदस्यकाे निर्णय पहिले नै भएकाे जानकारी दिए । यस्तै, साेही वैठकले सदस्यमा डा सुवास अधिकारी नियुक्त गरेकाे छ । सदस्यले भने पद तथा गाेपनियताकाे शपथ लिएका छैनन् । यसअघि पनि सदस्य रहेका अधिकारीकाे याे चाैथाे नियुक्त हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *