गण्डकीका खेलाडी पुरस्कृत हुँदै

Share this post :

Facebook
Twitter
WhatsApp
page-banner-sports

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए ।

सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीलाई पुरस्कृत गर्न लागिएको अधिकृत भुसालले जानकारी दिए । पुरस्कृत हुनेमध्ये ४९ जना स्वर्ण पदक, रजततर्फ ८९ र कास्यतर्फ ३७ रना रहेका छन् । तीन विभिन्न प्रतियोगितामा टिम गेम्स र इन्डिभिजुल गेम्सतर्फ गरी गण्डकीले कुल १९ स्वर्ण, ३१ रजत र २९ काश्य पदक गरी कुल ७९ पदक जितेको परिषदले जनाएको छ ।

बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा कास्की नं १ मा छ । कास्कीका कुल ५५ जना खेलाडी पुरस्कृत हुनेछन् । त्यसैगरी तनहुँ र नवलपुरका समान २२–२२ जना खेलाडी पुरस्कृत हुने छन् भने बाग्लुङ र स्याङ्जाका १८–१८ जना, म्याग्दीका १६, पर्वतका १०, लमजुङका ९ र गोरखाका ५ जना खेलाडी नगदसहित पुरस्कृत हुनेछन् ।
यहि असार २९ गते पोखरामा आयोजना हुने एक कार्यक्रमका बीच खेलाडीलाई सम्मान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *