गण्डकी प्रदेशका अधिकाशं स्थानाीय तहका जनप्रतिनिधिले सम्पति विवरण बुझाएका छन् । सार्वजानिक पदमा नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पति विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार पालिकाका जनप्रतिनिधिले राष्ट्रिय सतकर्ता केन्द्रमा पेश गरेका हुन् । पत्रको बोधार्थ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले मुख्यमन्त्री कार्यालयमा आर्थिक वर्ष २०७७÷७८ को मात्र सम्पति विवरण बुझाएको बताए । मुख्यमन्त्री कार्यालयले दिएको तथ्यांक अनुसार गण्डकीका स्थानीय तहमा कार्यरत, कर्मचारी र जनप्रतिनिधि गरी १७ हजार ५ सय ८८ जनाले सम्पति विवरण बुझाएका छन् । ‘आव २०७७÷७८ भन्दा अघिल्ला वर्षको विवरण भने हामीस“ग छैन’ उनले भने, ‘कानुनी रुपमा राष्ट्रिय सतकर्ता केन्द्रमा बुझाउनुपर्छ । हामीकोमा फाइल मात्र राख्ने हो । तर, मुख्यमन्त्री कार्यालयमा अनिवार्य बुझाउनुपर्छ भन्ने छैन् ।’ उनले सम्पति विवरण माग गर्ने र कारबाही गर्ने अधिकार मुख्यमन्त्री कार्यालयलाई नभएका कतिपय पालिकाको विवरण नआउने बताए ।
गण्डकी प्रदेशमा पोखरा महानगरसहित ५८ गाउ“पालिका र २६ नगरपालिकामा कार्यरत स्थायी, अस्थायी, करार र जनप्रतिनिधि अधिकाशंले सम्पति विवरण बुझाएको अर्यालले बताए । प्रवक्ता अर्याल भन्छन, ‘जनप्रतिनिधिको सम्पति के कति छ हामीलाई जानकारी हुदैन । तर, वर्षेनी विवरण बुझाएका छन् ।’ स्याङ्जाको आ“धीखोला गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कर्मचारी र जनप्रतिनिधिको प्रत्येक वर्ष सम्पति विवरण बुझाउदै आएको बताए । उनले जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले जाने बेलामा पनि सम्पति विवरण बुझाएर मात्रै जानको लागि पत्राचार गरिएको बताए ।
