गण्डकी प्रदेशका अधिकाशं पालिकामा प्रदेश सरकारको नगन्य योजना समेटिदा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको वडामा मात्रै चालु आर्थिक वर्षका लागि ३० करोडका योजना समेटिएका छन् । पोखरा महानगरपालिका–१६ घर भएका मन्त्री खड्काको वडामा भौतिक पूर्वाधार लगायत विभिन्न मन्त्रालयबाट कार्यान्वयन हुने गरि ७८ वटा योजनामा रकम विनियोजन गरिएको हो ।
अर्थ मन्त्रालयबाट जारी रातो कितावमा मात्रै उनका २९ करोड ४३ लाखका योजना समेटिएका छन् । यसलाई हेर्दा उनी कार्यरत भौतिक पूार्वधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको चालु बजेटको हाराहारीमा हुन आउ“छ । गण्डकी प्रदेश सरकारको कुल बजेटको ३६ दशमलव ३४ प्रतिशत रकम यही मन्त्रालयमार्फत खर्च हुन्छ । जसमा मन्त्रालयको कुल बजेट १३ अर्व ५ करोड ८ लाख ४६ हजार रहेको छ । जसमा चालुतर्फ ३८ करोड ८६ लाख ९७ हजार रहेको भने बा“की पुजी“गत हो ।
आफ्नै मन्त्रालयको चालु बजेटको हाराहारीमा वडाभित्र मन्त्रीले समेटेका योजना ५ लाखदेखि ४ करोडसम्मका टुक्रे योजना छन् । मन्त्रीको आफ्नै मन्त्रालय भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन हुने गरि ३ वटा सडकपुल, २ वटा झोलुङ्गेपुल र सडक निर्माण, स्तरोन्नति, मर्मतका योजना, सामूदायिक भवन निर्माणका योजनाका लागि मात्रै ६ करोड ३४ लाख रुपैयाँ विनियोजन गराएका छन् । उनकै मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीमार्फत कार्यान्ववयन हुने गरि थप विभिन्न सडक निर्माण तथा स्तरोन्नतिका योजना, फुटट्रयाक निर्माण, सडक मर्मत, ढल निर्माण, सडकपुल लगायतका योजनाका लागि बजेट छुट्याइएको छ । केआइसिंह पुलदेखी महेन्द्र गुफासम्मको फुटट्रयाक निर्माणका लागि मात्रै ४ करोड विनियोजन भएको छ ।
मदन आश्रित मार्ग निर्माणका लागि ५० लाख, गैह्रावारी मार्ग २५ लाख, सिमलखोरिया जाने सडकलाई १५ लाख, मुल छर्ने सुडाको मुख सडक मर्मतको लागि १० लाख, शान्तिटोल सुकाले सडक मर्मतका लागि १० लाख, महानगरीय वडा सडक सञ्जाल निर्माणका लागि ५० लाख, छहरेपानी मुडली भित्रि सडक निर्माणलाई १० लाख बजेट राखिएको छ ।
यस्तै, ढिकिडाँडा हरिपाउँ सडक स्तरोन्नतिका लागि २५ लाख, घार्मीखोलाको उत्तरतर्फ सडक स्तरोन्नतिका लागि १० लाख, उज्यालो मार्ग सडक स्तरोन्नतिलाई १० लाख, गर्लाङ हरिपाउँ सडकका लागि ३० लाख, घुरकुना दाग्द्रे अर्मला सडक ४० लाख, नेपानेको बारी, झाक्रीको थान पाखो हुदै“ सोतो सडकका लागि ३० लाख, जुम्लेटि जाने सडकका लागि ८० लाख, भित्तेबजार सडक स्तरोन्नतिका लागि ७५ लाख, लामोस्वा“रा ओडारे सडकका लागि १० लाख विनियोजन गरिएको छ । यसैगरी, मातृशिशु सिम्लेकुना हरिहर आश्रम मार्गका लागि ५० लाख, मौरीबारी बसपार्क तथा बाटो ढलान माझथरका लागि २० लाख बजेट राखिएको छ ।
मन्त्रीकै मन्त्रालय मातहतको शहरी विकास तथा भवन कार्यालय कास्कीबाट कार्यान्वयन हुने गरि एउटै योजनाका लागि प्रदेश र समानिकरण गरि दुई शिर्षकमा बजेट विनियोजन गराएका छन् । महेन्द गुफा वृहत विकास परियोजना बाटुलेचौरका लागि प्रदेशतर्फवाट ३ करोड ६५ लाख ५० हजार रुपैयाँ विनियोजन गराएका छन् भने, सोही महेन्द्र गुफा वृहत विकास परियोजनाका लागि समानिकरणतर्फवाट १ करोड ३४ लाख ५० हजार विनियोजन गराएका छन् । यस्तै, अर्मला प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणलाई १० लाख विनियोजन गरिएको छ ।
यस्तै, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अन्तर्गत कार्यान्वयन हुने गरि कुरगाउँ खानेपानी योजनाका लागि १० लाख, देउराली खानेपानी योजनाका लागि ६ लाख, अर्मलाकोट न्याले डिहिकुरा खानेपानीका लागि १० लाख, मातृशिशु अस्पताल, चण्डीका आधारभूत विद्यालयको खानेपानीका लागि २० लाख रकम छुट्याएका छन् । पर्यटन कार्यालय पोखराबाट कार्यान्वयन हुने गरि १० लाख रुपैया“को कुमारी गुफा अर्मला पर्यटकीय पूर्वाधार निर्माणका लागि छुट्याइएको छ । त्यसैगरी, गल्र्याङ हरिपाउँ झुयाङकोट पदमार्ग निर्माणका लागि घरेलु तथा साना उद्योग कार्यालयमार्फत ५ लाख रुपैयाँ छुट्याइएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत घार्मि पहिलो तटबन्धनका लागि ७ लाख बजेट राखिएको छ । जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय कास्कीमार्फत मजुवा ठूलीबेसीँ सिँचाई कुलोको संरचना निर्माणका लागि १० लाख, सेतीनदी तटबन्धनका लागि १० लाख, सुन्दरबन वाटिका पहिरो नियन्त्रणका लागि ६ लाख, गैरी भलाम भलामखोला तटबन्धनलाई ६ लाख, सि“चाई कुलो मजुवा ठूलीवेसीँका लागि ६ लाख, जोगिमणी घुरकुना पुल नजिक तटबन्धनका लागि १० लाख, खहरेखोला याले नियन्त्रणलाई १० लाख, पिप्ले बगर सि“चाई नहर निर्माणलाई ६ लाख रकम छुट्याइएको छ ।
जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमार्फत नै कार्यान्वयन हुने गरि अर्मला क्षेत्र संरक्षण तथा कालीखोला तटबन्धनका लागि ४ करोड रुपैया“ विनियोजन गरिएको रातो कितावमा उल्लेख छ । सामाजिक विकास कार्यालयमार्फत मदन आश्रित पार्क पूर्वाधार निर्माणलाई २० लाख, अम्बिका मन्दिर मर्मतका लागि ५ लाख, बडहरबोट क्रियापुत्री भवनका लागि ८ लाख, जोगिमणी तमु समाज कार्जे स्थल निर्माणका लागि ५ लाख, नवआर्दश सामुदायिक विकास लामाचौरको पुर्वाधार निर्माणका लागि १० लाख, अर्मला एकता समाज भवन निर्माणका लागि १० लाख, गुरुङ समाज पुर्वाधार निर्माण शान्तिघाटलाई १० लाख, हरिपाउ“ ढिकीडा“डा शहरी स्मृतिपार्कलाई १५ लाख, इन्द्र राज्यलक्ष्मी माविको प्याराफिट सहितको कार्यालय भवन निर्माणको लागि ३० लाख, विन्ध्याबासिनी क्याम्पस बाटुलेचौरको कम्पाउण्ड निर्माणको लागि १० लाख र तामाङ समाज सामुदायिक भवन महेन्द्र गुफाका लागि १० लाख रुपैया“ विनियोजन गराउन मन्त्री सफल भएका छन् ।
यस्तै, शिक्षा, सँस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयबाट कार्यान्वयन हुने गरि शिव मन्दिर दिप शान्ति घाटका लागि ८ लाख, पितृ उदार भवन गैह्राकोला पोखराका लागि ८ लाख, जाल्पादेवी आमा समूह भवन निर्माणका लागि ८ लाख र परियार क्रियापुत्री ठा“टीघाटलाई १५ लाख रुपैया“ विनियोजन गराएको रातो कितावमा देखिन्छ । एकपछि अर्को निणर्यले आलोचना खेपिरहेको गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको वडामा पालिकाको भन्दा बढी बजेट राखिएको भन्दै सत्ता र विपक्षी दुवैको आलोचना खेपिरहेको छ । असार १ मा सार्वजानिक भएको बजेटमाथि असन्तुष्टि चुलिएपछि मन्त्री खड्काले ७ करोड ४५ लाखका २३ वटा योजना थप्न सफल भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
अर्थ मन्त्रालयको उच्च स्रोतका अनुसार आवश्यकता र न्यायोचित विकासका लागि भन्दा पनि मन्त्रीको बल र पहु“चकै आधारमा योजना परेका हुन् । स्रोतले भन्यो, ‘मनाङमा टेको लगाएको काठको पुलमा गाडी गुडिरहदा महानगरपालिकाको एउटा वडाका लागि विभिन्न नाम गरेर टुक्रे योजना वितरण गरिएको छ । ठूला योजना भएको भए पनि विकास हुन्छ भनेर आश गर्न मिल्थ्यो । साविकको पोखरा २८, कास्की, हालको पोखरा १६, बाटुलेचौर लगायत नामै उल्लेख नभएका योजना मन्त्रीज्यूले समेट्नुभएको छ ।’ स्रोतले बताए अनुसार भौतिक मन्त्रीको वडामा राखिएको जस्तो बजेट मुख्यमन्त्रीको वडामा समेत परेको छैन् । अन्य मन्त्रीको त्यति हुने कुरै भएन ।
गण्डकीको प्रमुख प्रतिपक्ष दल एमालेकी सचेतक सावित्री रानाले प्रदेशसभाको वैठकमा नै भौतिक मन्त्रीकै वडामा करोडौका योजना पर्दा अन्य सांसदका वडामा न्युन बजेटका योजना समेत नपर्नुलाई संसदमै आश्चर्य व्यक्त गरेकी थिइन् । भौतिकमन्त्रीले आफ्नो वडालाई ठूलो रकम राखी अन्य पालिका र वडालाई विभेद गर्नु न्यायसंगत वितरण नभएको भन्दै विरोध जनाइन् । यस्तै, सत्तापक्षकै सांसद र मन्त्रीले पनि एउटै मन्त्रीले यत्तिको बजेट राखेको भन्दै असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ । सरकारको प्रवक्तासमेत रहेका कुमार खड्का का“ग्रेसको कोटाबाट प्रदेशकै धेरै बजेट खर्च हुने भौतिक मन्त्रालयको मन्त्री हुन् । यसभन्दा अघिल्लो वर्षमा पनि करोडौ बजेट मनपरी तरिकाले रकमान्तर गरि आफ्नो वडामा लगेको भन्दै आलोचित बनेका थिए । यसवर्ष पनि आफ्नो वडामा योजना छरेको भन्दै विपक्षी तथा आफ्नै दल र गठबन्धनका सांसदको आलोचना खेप्दै आएका छन् । मन्त्री खड्काले राजनीतिक चरित्र हत्या गर्न आफूमाथि आरोप लगाएको बताए । ‘मेरो मन्त्रालयबाट २ करोड ८९ लाख रकम परेको छ’ उनले भने, ‘यसभन्दा बाहेक सांसदको हैसियतले २ करोड २० लाख परेको छ । यस्तै पहिलाको सरकार र संघबाट केही बजेट पर्यो होला ।’ तर, आलोचना गरिए जस्तो आफ्नो वडामा मात्रै रकम नपरेको उनको भनाई छ । उनले थपे, ‘यदी ५ करोड ९ लाख बजेट बाहेक अन्य राखेको हो भन्ने कसैले प्रमाणीत गर्छ भने राजनीतिबाटै सन्यास लिनेछु ।’