दुई वर्षभित्र प्रदेशका प्रत्येक घरमा विद्युत पुयाउने लक्ष्य लिएकाे गण्डकी प्रदेश सरकारले स्थापनाकाे पहिलाे वर्षमा नै लिएकाे थियाे । तर, उक्त लक्ष्य ६ वर्षसम्म अधुरै छ । साेही विययलाई लिएर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच शुक्रबार भेटवार्ता भएको छ ।
पाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताए । गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी घरमा विद्युतिकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । ग्रिड लाईन, लघु जलविद्युत र शौर्य उर्जाबाट पनि विद्युतिकरण भएको बताउँदै उनले सकेसम्म सबै ठाउँमा ग्रिडलाईन बिस्तार गर्ने गरि अघि बढ्नुपर्ने बताए ।
छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पुयाउन दुर्गम ठाउँमा लघु जलविद्युत, शौर्य उर्जा पनि प्रभावकारी हुने बताए । साथै उनले प्राधिकरणले ग्रिड लाईनबाट विद्युत पुयाउने गरि काम अघि बढाईरहेको जानकारी गराए । उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सव स्टेशन निर्माण, ग्रिड लाईन बिस्तारको काम अघि बढीरहेको घिसिङले मुख्यमन्त्रीलाई जानकारी गराए ।
पछिल्लो केही समय यता विद्युत छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो गर्ने गरेको, उद्योग, ब्यापार व्यवसायमा समस्या भएकाले समाधानतर्फ ध्यान दिन मुख्यमन्त्री पाण्डले अनुरोध गरेका थिए ।
भेटघाटकाे क्रममा राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका बारेमा पनि मुख्यमन्त्री पाण्डेले चासो लिएका थिए । कार्यकारी निर्देशक घिसिङले बूढीगण्डकी आयोजना नेपालका लागि आवश्यक र गौरवको परियोजना भएकाले छिटो निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने र त्यस्तो हुन नसकेको बताए । साथै उनले प्रक्रिया भने अघि बढीरहेको जानकारी दिए ।
पृथ्वी राजमार्ग, मध्यपहाडी सडक खण्ड लगायत सडक बिस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै मुख्यमन्त्री पाण्डले त्यसतर्फ पनि विद्यूत प्राधिकरणले ध्यान दिनुपर्ने बताए । प्राधिकरणको प्रादेशिक कार्यालयमार्फत ति ठाउँका जोखिम पोल तत्काल स्थानान्तरण गरिने कार्यकारी निर्देशक घिसिङले जवाफमा दिएका छन् । सडकले स्थानान्तरण गर्ने उपयुक्त ठाउँ नदिँदा समस्या हुने गरेको, जंगल क्षेत्रमा रुख काट्ने अनुमती ढिला हुँदा लाईन बिस्तारमा देशभर जटिल समस्या देखिएको निर्देशक घिसिङले बताए ।
भेटघाटमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा र नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख जगदिशचन्द्र जोशी लगायत थिए ।