गण्डकीका मुख्यमन्त्री मधेश प्रदेश भ्रमणमा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली तीनदिने मधेश प्रदेश भ्रमणमा निस्कीएका छन् । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री १८ सदस्यीय प्रतिनिधिसहित जनकपुरधाम आएका हुन् ।
मुख्यमन्त्रीले भ्रमणका क्रममा पर्यटन नगरी पोखरालाई जनकपुरधाम नगरीसँग जोड्नका लागि दिर्घकालीन योजना बनाइने बताएका छन । उनले पोखरा र जनकपुरधामको सम्बन्ध सुमधुर रहेको बताएका छन । मुख्यमन्त्रीलाई विमानस्थलमा मधेश प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलगायतका टोलीले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा मुख्यमन्त्रीको टोली नेपाल रेल्वेको अवलोकन, जनकपुरधाका धार्मिक स्थलको अवलोकन लगायतका कार्यक्रममा सहभागी हुने मन्त्री महतोले बताएका छन । उनले साँझ ५ बजे सीतासरण होटलमा मुख्यमन्त्रीको स्वागतमा कार्यक्रम आयोजन गरिएको बताएका छन । मुख्यमन्त्रीको टोलीले आइतबार बिहान जानकी मन्दिरको दर्शन र पूजाअर्चना गर्नेछन् भने बिहान १० बजे बर्दिबासमा उनका लागि स्वागत कार्यक्रम राखिएको र
त्यसपछि उक्त टोली सर्लाहीको भरतताल र नुनथर, बाराको गढीमाई मन्दिर दर्शन गरेर पुनः जनकपुरधाम फर्किने योजना रहेको मन्त्री महतोले बताएका छन । सोमबार बिहान महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्रीको टोली पोखरा फर्किने कार्यक्रम रहेको मन्त्री महतोले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *