गण्डकीका लागि आर्थिक त्रिभुज

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले पोखरा, भरतपुर र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने भएको छ । ततकालीन अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमा परियोजना सञ्चालनबारे बताएका थिए । गर्ने उल्लेख गरे ।

एकीकृत विकासको अवधारणा अनुसार नमुना विकास अभियान सञ्चालन गर्न ३ शहरलाई ३ कोणमा राखी परियोजना चलाइने छ । यसमार्फत् निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्ने यसको लक्ष्य हो । गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडक खण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सकिनेछ । बुटवल–पोखरा सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गरिने भएको छ ।

तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने छ । मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना छ ।

पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमुलक उच्च शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । यस परियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रूपमा विकास गरी कार्यान्वयन गर्न २ अर्ब विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *