गण्डकी प्रदेशसभाका सदस्यले पद तथा गोपनियतको शपथ लिएका छन् । नदीपुरस्थित संसद भवनमा विहीवार दिउँसो १ बजे ५९ जना सांसदले शपथ लिएका हुन् । मित्रलाल बस्यालले उनीहरुलाई शपथ खुवाएका थिए । ज्येष्ठ सदस्यकोरूपमा बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वी मान गुरूङसँग शपथ लिएका थिए । ५६ जनाले नेपाली भाषा र ३ जनाले आफ्नै मातृ भाषामा शपथ लिएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । संसदमा ५ दलको सहभागिता रहनेछ ।
Post Views: 23