मिडिया एक्सन नेपालले लैङ्गिक संवेदनशीलतासम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका २० जना पत्रकारका सहभागी कार्यक्रममा नेपाली सञ्चारमाध्यममा लैङ्गिक संवेदनशीलता अन्तर्गत महिला पत्रकारको बाइलाइन, समाचारको श्रोतमा महिला र अल्पसंख्यक यौनिक समुदाय, सम्पादकीय र विचारमा महिला सरोकारका विषयमा अध्ययन तथा छलफल गरिएको थियो ।
अभिमुखीकरणमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले सञ्चारमाध्यम र त्यहाँबाट प्रकाशन र प्रशारण हुने समाचारलाई लैङ्गिकमैत्री बनाउनु पर्ने रहेको बताएका छन ।
महिला र लैङ्गिक अल्पसंख्यक समुदायका कथावस्तुलाई सञ्चारमाध्यममा महत्वका साथ स्थान दिनुपर्ने बताएका छन नेपाली सञ्चारमाध्यममा लैङ्गिक संवेदनशीलता विषयमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, डा। समीक्षा कोइराला र मञ्जु कर्माचार्यले सहजीकरण गरेका थिए ।
मिडिया एक्सन नेपालले देशैभरका १४० जना पत्रकारका लागि अभिमुखीकरण गरिरहेको छ । जसअन्तर्गत गण्डकी प्रदेशको दोस्रो चरणको अभिमुखीकरण माघ २२ र २३ गते गर्ने भएको छ ।