गण्डकीको बजेट उत्पादन केन्द्रित

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सार्वजानिक गरेको बजेट उत्पादन केन्द्रित रहेको प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले दावी गरेका छन् ।

कृषि क्षेत्रमा प्रवाह हुने अनुदानको लाभ सुनिश्चित गर्न उत्पादनका आधारमा अनुदान प्रवाह गर्ने बताए । आइतबार विहान संचारकर्मीसंग बजेटमाथि छलफल गर्दै अर्थमन्त्री आलेले गण्डकीको आगामी बजेटमा फजुल खर्च नियन्त्रण गरिएको बताए । उनले अर्थ मन्त्रालयको ६ बजेटमा मात्रै ६ करोड ९ लाख घटाएको दावी गरे ।

आगामी वर्ष अत्यावश्यक बाहेकका कुनै पनि सरकारी भवन निर्माण नगर्ने र नया“ सवारी साधन खरिद नगर्ने नीति गण्डकी सरकारले लिएको उनको भनाई छ । तर, सार्वजानिक संघसंस्थाका भवन निर्माणलाई भने बजेटले खुला राखेको छ । धार्मिक र सांस्कृतिक जर्गेना हुने खालका भवन संरचनामा रकम विनियोजन गरिएको उनले बताए ।

साना आयोजना र कार्यक्रम भन्दा पनि रणनीतिक महत्वमा केन्द्रित बहुवर्षिय र स्रोत सुनिश्चित भएका आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको उनले बताएका छन् । सडक आयोजनामा बजेट विनियोजन गर्दा मर्मत संम्भारलाई प्राथमिकता दिएको र अधुरा योजनालाई ३० लाख नघटाई बजेट विनियोजन गरिएको छ । यस्तै, सिँचाई र खानेपानी तर्फका आयोजनामा मर्मत सम्भार गर्नुपर्ने र अधुरा योजनामा १० लाख नघट्ने गरी रकम विनियोजना गरिएको छ ।

विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिएको अर्थमन्त्री आलेको दावी छ । कृषि तथा भूमि सुधारतर्फ खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने, पशुपालन व्यवसाय गर्न प्रोत्साहन गर्ने, क्षति न्यूनीकरणका लागि बाली बीमा कार्यक्रम संचालन गर्ने, आलु खेती र चैते धान खेतीका लागि प्रोत्साहन गर्ने, फलफुल खेतीको प्रवद्र्धन गर्ने, पशुको पूर्ण खोप कार्यक्रम संचालन गर्ने तथा जग्गाको चक्लाबन्दी र यान्त्रीकरणका कार्यक्रम सञ्चालन गर्ने गरी बजेटमा कार्यक्रम समावेश गरिएको उनले बताए ।

पर्यटन र औद्योगिक विकासतर्फ ‘एक प्रदेश निर्वाचन क्षेत्र, एक नमुना घरबास’ कार्यक्रम सञ्चालन र स्थानीय उत्पादन विक्रीको लागि ‘काशेली घर’ स्थापना गर्ने सरकारको योजना उनले सुनाए । पर्यटकलाई भ्रमण सहजीकरणका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्न बजेट छुट्याइएको छ । साथै प्रादेशिक आद्योगिक क्षेत्र स्थापनाका लागि कास्की, तनहु“को पुडीटार र पूर्वी नवलपुरको लोकाहाखोलामा स्थापनाका लागि कार्य अगाडि बढाउने योजना छ ।

घरेलु मदिराको उत्पादन व्यवस्थित गर्न र कानुनी मान्यता प्रदान गर्न आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तर बृद्धि र ब्राण्डिङ गर्ने तथा गा“जा खेतीलाई औषधीकोरुपमा प्रयोग र निकास गर्न कानुनी व्यवस्था गरी अगाडि बढाउन सम्भाव्यता अध्ययन गर्ने कार्यलाई प्रदेशको बजेटमा समेटिएको छ । स्वास्थ्य सेवातर्फ १० वर्ष मुनीका बालबालिका तथा ६० वर्ष भन्दामाथिका नागरिकलाई अस्पताल तथा आयूर्वेदिक स्वास्थ्य केन्द्रको ओपीडी र प्रयोगशाला परीक्षण निःशुल्क कार्यक्रम पनि बजेटमा समेटिएको छ ।

डायलायसिस सेवा प्रवाहको क्षमता अभिबृद्धि गरी विरामीले पालो पर्खिनुपर्ने अवस्थाको अन्त्य गर्ने कार्यक्रम बजेटमा छ । सवै खालको क्यान्सरको उपचारमा एक लाख रुपैया“सम्मको आर्थिक सहायता प्रदान गर्ने तथा पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान संचालन गर्ने कार्यक्रम समेटिएको छ । ग्रामीण स्वास्थ्य सेवामा सुधार ल्याउन महिला स्वंमसेविकाको आत्मसम्मान कार्यक्रम स्वास्थ्यमा समावेश गरिएको छ । उर्जा, खानेपानी तथा सिँचाईतर्फ यसै वर्ष उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने सरकारको योजना छ ।

लिफ्ट खानेपानी तथा सिँचाई आयोजनामा सतप्रतिशत विद्युत्त महशुलमा अनुदान दिन बजेट व्यवस्था गरिएको छ । आगामी वर्षमा २ हजार हेक्टर जमिनमा भरपर्दो सिँचाई पुयाउने र २५ किलोमिटर तटबन्धन निर्माणका लागि बजेट व्यवस्था गरिएको छ । भौतिक पूर्वाधार विकासतर्फ सडकपुल र भवन निर्माणलाई जोड दिइएको छ । आगमी आवमा थष्प ३ सय किलोमिटर सडक कालोपत्रे गर्ने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सामाजिक विकासतर्फ सामुदायीक क्याम्पस सुदृणीकरण गर्न सामुदायीक क्याम्पससंग प्रदेश सरकार कार्यक्रम संचालन गर्ने प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयको शैक्षिक सुधार गर्ने, गण्डकी प्रदेश एकीकृत कला संस्कृति सग्रहालय विकास गर्ने, सीप विकास कार्यक्रमलाई निरन्तरता दिने, सडक आश्रित मानव मुक्त कार्यक्रम र सक्षम महिला समानान्तर पाइला कार्यक्रमलाई निरन्तरता दिइएको छ । सेवा प्रवाह सुशासन र वित्त व्यवस्थापनमा काम गर्ने सरकारको कार्यक्रम छ ।

पञ्चवर्षिय योजना आगामी वर्षबाट तर्जुमा थालनी गरिनेछ । हालसम्म समेटिएर पनि कार्यान्वयनमा जान नसकेको प्रदेश गौरवका आयोजनालाई आगामी आगामी पञ्चवर्षिय योजनाले छाँटकाँट गरी प्राथमिकता निर्धारण गर्ने अर्थमन्त्री आलेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *