गण्डकीको संक्रामण तथा सरूवा रोग अस्पतालले पायो सर्पदंश उपचारको अनुमति

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशको संक्रामण तथा सरुवा रोग अस्पताले सर्पदंश (सर्पले टोकेको) उपचार गर्ने अनुमति पाएको छ । प्रदेश सरकारको मातहतमा स्थापना भएको यस अस्पतालालई संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्पदंशको उपचार गर्न अनुमति दिएको हो ।
गण्डकी प्रदेशमा यसअघि मध्यविन्दु अस्पताल नवलपुर, प्राथमिक स्वास्थ्य केन्द्र त्रिवणी र गण्डकी अस्पताल, पोखरामा सर्पदंशसम्बन्धी उपचार हुँदै आएको छ । अस्पतालले सर्पदंशसम्बन्धी अनुमतिका लागि भदौ ४ गते संघीय स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले अनुमति पाएसंगै जनशक्ति र आवश्यक पूर्वाधारको पनि व्यवस्था गरिने बताइन् । सर्पदंश उपचारका लागि संक्रामण तथा सरुवा रोग अस्पतालमा सर्पदंश उपचारसम्बन्धी तालिम लिएका एक जना विशेषज्ञ चिकित्सक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *