गण्डकीको सभामुख–उपसभामुख को ?

Share this post :

Facebook
Twitter
WhatsApp

पुस १८ मा सम्पन्न भएको गण्डकी प्रदेशसभाको वैठक मितिले माघ २ मा १५ दिन पुग्छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने वैधानिक व्यवस्था छ । तर, गण्डकी प्रदेशमा सभामुख र उपसभामुख को भन्ने चर्चा यतिबेला छ ।
माघ २ अघि नै गण्डकी प्रदेशमा सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सभामुख र उपसभामुख बन्नका लागि गण्डकीमा यतिबेला सभामुखका लागि माओवादीमा कृष्ण धिताल र सुशीला सिंखडा दौडधुपमा छन् भने, उपसभामुखका लागि एमालेभित्र भीम कार्की र पद्मा जिसी रहेका छन् । स्रोतका अनुसार माओवादीबाट कृष्ण धिताल सभामुख बने भने एमालेबाट पद्मा जिसी उपसभामुख बन्ने निश्चितजस्तै छ । माओवादीले महिला सभामुख बनायो भने एमालेबाट भीम कार्की बन्नेछन् ।
सत्ता गठबन्धनको बाँडफाँटमा मुख्यमन्त्री एमालेको भागमा परेपछि सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको छ । सभामुख र उपसभामुख बन्न माओवादी र एमालेका सांसद दौडधुपमा लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *