गण्डकीबाट बार्षिक ५६ मेट्रिकटन जडिबुटी निर्यात

Share this post :

Facebook
Twitter
WhatsApp

एक प्रतिवेदनका अनुसार गण्डकी प्रदेशबाट ५६ मेट्रिकटन जडीबुटी विदेश निर्यात हुदै आएको छ । यहाँ उत्पादित जडिबुटी विदेशमा निर्यात गर्न सम्भावना रहेको वस्तु तथा उत्पादनको इन्भेन्ट्री सम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार यस प्रदेशबाट बार्षित औसत ५६.१७ मेट्रिकटन जडीबुटी विदेश निर्यात हुदै आएको छ ।
प्रतिवर्ष २० करोड ६२ लाख बराबरको जडीबुटी व्यापार हुने प्रतिवेदनको तथ्यांकमा देखिन्छ । यसबाहेक पनि जडिबुटीको अनाधिकृत व्यापार हुने गरेको सरोकारवाला बताउँछन् । तत्कालीन उद्योग, पर्यटन तथा वन, वातावरण मन्त्रालयको वार्षिक प्रगति विवरण (२०७७)का अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जडिबुटीमध्ये यार्सागुम्बा सबैभन्दा बढी १३ करोड ३९ लाख रुपैया“को व्यापार भएको थियो । यस्तै, काकोली÷वन लसुन २ करोड ३९ लाख र सतुवा १ करोड ६३ लाखको व्यापार भएको प्रतिवेदनमा उल्लेख छ । मुख्य पाँच प्रजातिहरूको कुल वार्षिक व्यापार १८ करोड ५३ लाख (९० प्रतिशतभन्दा बढी) भएको देखिन्छ । सबैभन्दा बढी परिमाणमा व्यापार भएको जडीबुटीहरूमा मुसली (७.२ टन), दालचिनी (५.९ टन), बुधनी फुल (४.७ टन), तेजपात (४.२ टन) र चिराइतो (३.५ टन) रहेका छन् । त्यस्तै कुटकी, निरमसी, चिराइतो र तेजपात बिगत १० वर्षदेखि लगातार निर्यात (व्यापार) हुदै आएको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी विमल गौतमले जानकारी दिए ।
प्रतिवेदनका अनुसार कुल ६ वटा प्राथमिकीकरणका आधारहरु (व्यापारमा रहेको वर्ष, व्यापार परिमाण, कुल व्यापारिक मूल्य, नेपाल सरकारको प्राथमिकीकरण, मूल्य अभिवृद्धिको संभावना र स्थानीय उपलब्धता)को आधारमा गण्डकी प्रदेशका प्राथमिकता प्राप्त १० जडीबुटीहरुमा तेजपात, चिराइतो, कुरिलो, कुटकी, सतुवा, सुगन्धवाल, मजिठो, जटामसी, विषजरा र यार्सागुम्बा रहेका छन् । यसैगरी, हस्तकलाका सामानहरुलाई धातु तथा काष्ठकलाका र कपडाजन्य उत्पादनको रुपमा वर्गीकरण गर्न सकिने प्रतिवेदनले जनाएको छ ।
गण्डकी प्रदेशमा उत्पादन भई विदेशमा निर्यात हुने प्रमुख उत्पादनमा हस्तकलाका सामानहरुमा अल्लो तथा हेमबाट तयार भएका कपडाहरु, झोला तथा अन्य सामग्रीहरु बढी रहेको गौतमले जानकारी दिए । ‘कच्चा पदार्थको रुपमा कटन धागो आयात गरी राष्ट्रिय लगायत विविध जातजातिका तयारी पोशाकको निर्यात पनि हुँदै आएको छ’ उनले भने, ‘कच्चा धागोबाट बुनिएका झोला, रुमाल, टोपी तथा अन्य उत्पादनहरुमा वार्षिक ५ करोडभन्दा बढीको यस्ता सामानहरु निर्यात हु“दै आएको तथ्यांक छ ।’ उनले यसलाई अझै व्यवसायीकरण गर्न प्रदेश सरकारले पनि पहल गरेको बताए । ‘विधिगतरुपमा योजना नबनाइए पनि यसतर्फ मन्त्रालयको ध्यान गएको छ’ उनले थपे, ’कतिपय वस्तु हामी आफै चिन्दैनौ । मूल्य पहिचान गर्न सक्दैनौ । यस विषयमा पनि विभिन्न अध्ययन त भएका छन् ।’ मन्त्रालयले जडिबुटी लगायतका सामानमा ठोस योजना सार्वजानिक गरेर कार्यान्वयन गर्नतर्फ ध्यान दिन आवश्यक रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *