गण्डकीमा आर्थिक वृद्धि ६ प्रतिशत

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.१७ प्रतिशत रहेको छ । बुधबार उक्त तथ्यांक सार्वजानिक भएको हो । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको अध्यक्षतामा प्रदेश दिगो विकास लक्ष्य निर्देशक समितिको बैठकमा उक्त तथ्यांक सार्वजानिक गरेको हो ।
बैठकमा गण्डकी प्रदेशमा दिगो विकास लक्ष्य कार्यान्वयनको अवस्था र आगामी कार्य योजनाबारे छलफल भएको थियो । मुख्यमन्त्री अधिकारीले बैठकमा दिगो विकास लक्ष्यले देखाएका विषय र प्रदेशको योजनाहरूको व्यवहारिक कार्यान्वयनको पाटो अलग हुन नहुने बताए । आवश्यकताका आधारमा योजनाहरूको प्राथमिकीकरण गरिनुपर्ने उनको भनाइ थियो ।
कार्यान्वयनको वर्तमान अवस्था बारे प्रदेश योजना आयोग उपाध्यक्ष डा. गिरीधारी शर्माले प्रस्तुतीकरण गरेका थिए । उनले पछिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.१७ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार प्रदेशमा १५ देखी २४ वर्ष उमेर समूहका ६० प्रतिशत युवाहरू बेरोजगार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *