गण्डकीमा छुट्टाछुट्टै तीन वटा संकल्प प्रस्ताव दर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभा अन्तर्गत नेकपा एमाले संसदीय दलले बुधबार संसद सचिवालयमा छुट्टाछुट्टै तीन वटा संकल्प प्रस्ताव दर्ता गरेको छ । गण्डकी प्रदेशसभा नियमावली, २०८० को नियम ८७ अनुसार संकल्प प्रस्ताव दर्ता गरेको हो । एमालेले लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा रहेको सुस्ता गाउँपालिका गण्डकी प्रदेशमा सार्न माग गरेको छ भने, पोखरा एयरपोर्टबाट नियमित अन्र्तराष्ट्रिय उडान हुनुपर्ने र कालीगण्डकी डाइर्भस परियोजना रोक्नुपर्ने माग गर्दै छुट्टाछुट्टै संकल्प प्रस्ताव दर्ता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *