गण्डकीमा जताततै पहिरो

Share this post :

Facebook
Twitter
WhatsApp

अविरल बर्षाका कारण पोखरा महानगर–२० भलामको मुलावारीस्थित देउरालीमा गएको बुधबार राती आएको पहिरोले ब्लकले बनेको टिनको छानो भएको एउटा घर पुरिदा ५ जनाको ज्यान गयो । सो पहिरोमा परि ३ जना घाइते भए । घाइतेहरुको अहिले पनि उपचार भरहेको छ । यस्तै, पर्वतको विभिन्न स्थानमा शुक्रबार आएको पहिरोले ११ जनाले ज्यान गुमाएका छन् ।
कुश्मा नगरपालिका–३ दुर्लुङकी भगवती पौडेलको ९ बर्षिय छोरासहित एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कुश्मा–११ सिल्मि मा पहिरो जादाँ २ जना वेपक्ता भएका छन् । कुश्माकै पपुवामा पहिरो जादा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण पोखरा–कुश्मा सडकखण्ड अवरोध छ । मनसुन सुरु भएयता गण्डकीमा मनसुनजन्य विपद्का घटना ३ सय २५ वटा रहेका छन् । जसमा साउनयता पहिरोको मात्रै १०९ रहेको छ । साउनमा ३३ र भदौमा ७६ वटा पहिरो गएका छन् । २० दिनमै ७६ वटा पहिरो जानु भनेको संख्यात्मकरुपमा पनि बढी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले बताए । उनले ३ सय २५ वटा घटनाको लागि १ हजार ८०१ जना प्रहरी परिचालन गरिएको बताए ।
यसैगरी, भदौ १३ मा गएको पहिरोका कारण स्याङ्जाको राम्दीमा एकजनाको ज्यान गयो भने, चारवटा घर भत्किएका छन् । सिदार्थ राजमार्ग अहिलेसम्म पनि पूर्णरुपमा सुचारु हुन सकेको छैन् । यी केही प्रतिनिधिमुलक उदाहरण हुन् । प्रदेश प्रहरीको तथ्यांक अनुसार मनसुन यता गण्डकी प्रदेशमा १२ पुरुष र २० महिला गरी ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ज्यान गुमाएको संख्या सवैभन्दा बढी पर्वतमा १३ रहेको केसीले बताए । यस्तै, कास्कीमा ३ महिला सहित ७ जनाको ज्यान गएको छ भने म्याग्दीमा २, स्याङ्जामा १, तनहु“मा ५, गोरखामा २ र नवलपुरमा ३ जनाको मृत्यु भएको छ । यसैगरी, १३ महिला, २९ पुरुष गरी ४२ जना घाइते भएका छन् भने २ जना वेपक्ता रहेका छन् । वेपक्ता हुनेमा दुवै पुरुष हुन् । बाढीपहिरोबाट ८ सय ३३ वटा चौपाया मरेका छन् । ४ सय ९३ वटा घर, ५८ गोठ, सरकारी कार्यालय तथा भवन ५, विद्यालय ७, सामुदायीक भवन ६, सवारी साधन ३०, हाइड्रोपावर २३, पुल ३६ (पक्की आंशिक ७ र पूर्ण ३), झोलुङेपुल आंशिक २ पूर्ण ९ र एउटा क्यान्टि व्रिजपुलमा क्षति पु¥याएको छ । प्रहरीको तथ्यांक अनुसार ९२ वटा कच्ची र ७० पक्की गरी १ सय ६२ वटा सडक अवरुद्ध भएका छन् । ‘सडक खुलाउने कार्य जारी छ’ एसएसपी केसीले भने, ‘राजमार्ग त खुलाउन सकिन्छ । भित्री सडक बढी जोखिम छन् । एउटै सडकमा कर्यौ पहिरा छन् ।’ उनले कच्ची सडकमा एकै ठाउ“मा पटकपटक पहिरो जादा ओहोरदोहोर गर्न समस्या हुने गरेको बताए । प्रहरीले गण्डकीका ११ वटै जिल्ला पहिरोको जोखिममा रहेको बतायो ।
एसएसपी केसीले भने, ‘कति स्थान उच्च जोखिममा छन् भनेर एकिन डाटा त निकालिसकेका छैनौ । तर, गण्डकीको पहाडी र तराईको दुवै भाग बाढीपहिरोको उच्च जोखिममा छन् ।’ उनले पहाडका कुनै पनि भाग पहिरोको लागि सुरक्षित नरहेको बताए । पछिल्ला बर्षमा अत्याधिक मात्रामा राजमार्ग विस्तार गर्ने र विनामापदण्ड भित्री सडक खन्ने प्रतिस्पर्धा बढेकाले पनि पहिरोका घटाना बढ्दै गएको पोखरा महानगर–१७ का पुण्यप्रसाद पौडेलले बताए । राजमार्ग विस्तार गर्दा मापदण्ड लगाएको भएपनि त्यति धेरै जोखिम नहुने उनको भनाई छ । ‘गाउँ त के सहरकै बाटो हिडिसक्नु छैन’ उनले भने, ‘यस्सो पानी पर्नुपर्छ खोलामा बाढी बग्छ । हिलोको कुरै नगरौ ।’ हिउँदमा खनिएका अधिकाशं ग्रामीण सडक बर्खामा बन्द हुने प्रहरीको तथ्यांकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *