आइटी र सुशासनमा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये स्याङ्जाको वालिङ नगरपालिका पहिलो रहेको दावी छ । स्र्माट सिटीको अवधारण लिएर अघि बढेको वालिङ नपाका अधिकाशं योजना अधुरै छन् । नेतृत्व परिवर्तनसँगै स्र्माट सिटीका योजना पनि ओझेलमा पर्छन् भन्दै स्याङ्जा का“ग्रेसले मेयर पदमा पुनः दिलिपप्रता खाँणलाई नै उम्मेदवार बनायो । खाँणले ५ वर्षिय कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको दावी काँग्रेसको छ । खाँण भन्छन्, ‘पुनः मेयर हुन्छु भन्ने थिएन । पार्टीले निर्णय गर्यो अधुरा योजना पुरा गर्नुपर्ने भएकाले नाई भनिन् ।’
वैशाख–३० मा हुने स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशका अधिकाशं पालिकामा दोहोरिने उम्मेदवार धेरै छन् । स्याङ्जाकै सदरमुकाम पुतलीबजारमा मेयर र उपमेयरमा एमालेले सीमा क्षेत्री र महेश पुरीलाई पुनः दोहोयाएको छ । काँग्रेसले पनि मेयरमा तुलसी रेग्मीलाई दोहो¥याएको हो । उनी सीमासँग अघिल्लो चुनावमा पराजित भएका थिए । यस्तै, वालिङमा राजेन्द्र गैह्रेले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने, कालीगण्डकी गाउँपालिकामा एमालेबाट खिम थापा र सावित्री कोइराला प्रमुख र उपप्रमुखमा दोहोरिएका छन् । हरिनास गापामा एमालेबाट प्रमुखमा खिमनारायण मानन्धर र उपप्रमुखमा माओवादी केन्द्रबाट मिठु लम्साल दोहोरिएकी छन् ।
लम्साल यसभन्दा अघि पराजित भएकी थिइन् । फेदीखोला गापा अध्यक्ष घनश्याम सुवेदी एमालेबाट पुनः अध्यक्षको उम्मेदवार बनेका छन् भने वडाध्यक्ष देउकुमारी गुरुङ उपाध्यक्षमा उम्मेदवार बनेकी छन् । गल्याङमा एमालेबाट देवीसरा थापा पुनः उपप्रमुख बनेकी छन् । लमजुङको बेसीशहर नपामा एमालेबाट प्रमुखमा गुमानसिंह अर्याल, राइनास नपामा एमालेबाट प्रमुख सिंहबहादुर थापा, मध्यनेपाल नपामा का“ग्रेसबाट प्रमुखमा रमेशकुमार पाण्डे र मस्र्याङदी गापामा एमालेका अर्जुन गुरुङ पुनः अध्यक्षमा दोहोरिएका छन् । मनाङको मिसाङ गापामा एमालेबाट प्रमुख पदमा कान्छा घले र चामे गापामा एमालेबाटै प्रमुखमा लोकेन्द्रबहादुर घले दोहोरिएका छन् । म्याग्दीको धौलागिरी गापामा एमालेबाट प्रमुखमा थमसरा पुन, मालिका गापामा कांग्रेसबाट प्रमुखमा श्रीप्रसाद रोका, मंगला गापामा प्रमुखमा एमालेका सतप्रसाद रोका र रघुगंगा गापामा कांग्रेसका भवबहादुर भण्डारी प्रमुख पदमा पुनः उम्मेदवार दोहोरिएका छन् ।
मुस्ताङमा लोघेकर दामोदरकुण्डा गापामा राजु विष्ट प्रमुखमा र जिसस प्रमुख छिरिङ ल्हामो दामोदरकण्डको उपप्रमुखमा उम्मेदवार बनेकी छन् । बाग्लुङको बाग्लुङ नपामा एमालेका जनकराज पौडेल, कांग्रेसका बसन्तकुमार श्रेष्ठ, गल्कोट नपामा कांग्रेसका भरत शर्मा गैरे, ढोरपाटन नपामा एमालेका देवकुमार नेपाली, माओवादीका चन्द्र अर्याल, जैमिनी नपामा राजमोका नरबहादुर थापा र एमालेका लीला राना प्रमुख पदमा उम्मेदवार बनेका छन् भने, वडिगाड गापामा गठबन्धनको तर्फबाट कांग्रेसकी गण्डकी थापा अधिकारी र एमालेका राजन पाइजा, तमानखोला गापामा गठबनधनबाटै कांग्रेसका जोकलाल बुढा र बरेङमा राजमोका कृष्णप्रसाद पौडेल प्रमुख पदका उम्मेदवार रहेका छन् ।
यसैगरी, नवलपुरको देवचुली नपा प्रमुखमा एमालेका हरि न्यौपाने र उपप्रमुखमा पार्वता तिवारी, कावासोती नपा प्रमुखमा कांग्रेसका महेन्द्र पोखरेल, हुप्सेकोट गापा प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे, बुलिङटार गापामा कांग्रेसका शशी बास्ताकोटी र विनय त्रिवेणी गापामा कांग्रेसका डम्बर जिसी दोहोरिएका छन् । त्यसैगरी, तनहुँको व्यास नपामा कांग्रेसबाट वैकुण्ठ न्यौपाने दोहोरिएका छन् । रिसिङ गापा प्रमुखमा कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ, उपमा कांग्रेसकै गिनु थापा, देवघाट गापा प्रमुखमा एमालेबाट दुर्गाबहादुर थापा, म्याग्दे गापा प्रमुख र उपप्रमुखमा कांग्रेसका मायादेवी राना र बालकृष्ण घिमिरे, आवुखैरेनी गापा प्रमुखमा कांग्रेसका गिरबहादुर थापा र बन्दीपुर गापामा माओवादीबाट प्रमुख र उपप्रमुखमा पूर्णसिंह थापा र करुण गुरुङ पुरानै अनुहार हुन् । पर्वतको कुश्मा नपा प्रमुखमा कांग्रेसबाट रामचन्द्र जोशी र फलेवास नपामा एमालेबाट मेयर र उपमेयरमा पदमपाणी शर्मा र मन्जु अधिकारी पुनः उम्मेदवार बनेका छन् । गोरखामा गोरखा नपा प्रमुखमा कांग्रेसका राजनराज पन्त, पालुङटार नपा प्रमुखमा कांग्रेसका दीपकबावु कंडेल, सिरानचोक गापाको उपप्रमुखमा कांग्रेसबाट रीता देव, चुमनुव्री गापामा कांग्रेसबाट प्रमुख धनबहादुर गुरुङ, धार्चे गापा प्रमुख र उपप्रमुखमा कांग्रेसका सन्तोष गुरुङ र फुलमाया गुरुङ रहेको छन् भने, वारपाक सुलिकोट गापा प्रमुख र उपप्रमुखमा माओवादीबाट विष्णु भट्ट र सनमाया गुरुङ, शहिदलखन गापा प्रमुख र उपप्रमुखमा माओवादीबाट रमेश थापा र इन्दिरा तिवारी, गण्डकी गापा प्रमुख र उपप्रमुखमा कांग्रेसबाट होमबहादुर राना र ललिता अधिकारी साथै आरुघाट गापा उपप्रमुखमा कांग्रेसबाट कल्पना नेपालीको पुरानै अनुहार हो ।
प्रदेश राजधानी रहेको कास्कीको पोखरा महानगरमा उपप्रमुख एमालेबाट मञ्जु गुरुङ दोहोरिएकी छन् भने मेयर पदमा एमालेकै कृष्ण थापा पनि दोहोरिएका छन् । थापा २४ वर्षअघि उपमहानगरका मेयर थिए । यस्तै, अन्नपूर्ण गापा प्रमुखमा कांग्रेसका युवराज कु“वर, रुपा गापा प्रमुख र उपप्रमुखमा एमालेका नवराज ओझा र लालसुव्वा गुरुङ, मादी गापा प्रमुखमा कांग्रेसका देवीजंग गुरुङ पुनः दोहोरिएका छन् । गुरुङ यसभन्दा अघिल्लो निर्वाचनमा पराजित भएका थिए । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले कतिपय उम्मेदवार अनुभवी र आफूले थालेका योजना पुरा गर्ने हेतुले दोहोरिएको बताए ।
