गण्डकीमा नयाँ तथा सरुवा दर्तालाई मात्रै इम्बोस्ड नम्बर

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले मंगलबार इम्बोस्ड नम्बर जडानबारे सूचना जारी गर्दै जनाएको छ ।
गण्डकीमा आइतबारदेखि इम्बोस्ड नम्बर जडान सुरु भएको थियो । जडान गराउन सेवाग्राहीको अत्यधिक चाप छ । कार्यालयमा यातायात व्यवस्था विभागबाट जडान भएको बायोमेट्रिक सर्भर र अन्य उपकरण तथा जनशक्तिको क्षमताअनुसार दिनमा ४० देखि ५० सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको थियो । त्यसभन्दा बढीको बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न नसकिने तथा कार्यालय परिसरमा सवारी साधन पार्किडको पनि समस्या रहेको कार्यालयको सूचनामा उल्लेख गरिएको छ । सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर जडान गरिने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *