गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । शिक्षा र स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकतामा राखेर महत्वाकांक्षी कार्यक्रमसहित गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको छ ।
निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखिएको छ । संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाँचौंपटक नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि एमाले विभाजनपछि सत्तारुढ गठबन्धनको नेतृत्वमा बनेको सरकारले पहिलो पटक सदनमा नीति तथा कार्यक्रम पेस गरेको हो ।
Post Views: 22