गण्डकीमा बजेट खर्च ६६ प्रतिशत

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारले बजेट खर्च गर्ने लक्ष्य ८० प्रतिशत भन्दा बढी थियाे । तर, सरकारले उक्त लक्ष्य भने भेटाउन सकेन । चालू आर्थिक वर्षमा जम्मा ६६ प्रतिशत बजेट खस्च गरेकाे छ । प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्म सबैभन्दा बढी बजेट खर्च ७३ प्रतिशत रहेकाे छ ।

आर्थिक वर्ष २०७९/८० मा विनियोजन भएको ३५ अब ९० करोड ९० लाख बजेटमध्ये २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


चालुतर्फ ८ अर्ब ४५ करोड ६९ लाख ८ हजार ५ सय ५५ र पुँजीगततर्फ १५ अर्ब २६ करोड ८५ लाख ९१ हजार १ सय ७७ रुपैयाँ खर्च भएको लेखा अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए । चालुतर्फ १२ अर्ब ५५ करोड ७१ लाख ४९ हजार २ सय २ रुपैयाँ, पुँजीगत बजेट २२ अर्ब ८५ करोड १८ लाख ५० हजार ७९८ रुपैयाँ र वित्तीय व्यवस्थामा ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *