गण्डकीमा बाढीपहिरोबाट ठूलो क्षति– मुख्यमन्त्री नेपाली

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशमा बाढी, पहिरोबाट ठूलो क्षति पुगेको बताएका छन् । मंगलबार गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विकास निर्माण, जलविद्युत्त परियोजना, घर, गोठ लगायतमा ठूलो क्षति पुगेको बताएका हुन् । भौतिक क्षतिको विवरण ११ वटै जिल्ला प्रशासन कार्यालय र ८५ वटै स्थानीय तहबाट आउने क्रम जारी रहेको बताउदै उनले असार १ देखी यता ५ सय २ वटा घर, ५ वटा सरकारी कार्यालय, ७ वटा विद्यालय, ६ वटा सामुदायीक भवन, २५ वटा हाइड्रोपावर, ३६ वटा पक्की पुलमा क्षति पुगेको बताए । यस्तै, १ सय ७६ वटा सडकमा क्षति हुदाँ यातायात नै ठप्प भएको उनले जानकारी दिए ।
‘विपद्को समयमा ७ सय ३१ घरका ३ हजार ७ सय ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छौ’ उनले भने, ‘१२ सय ५ घरका ४ हजार ७ सय ६५ जनालाई ७० लाख ६१ ह्जार ८ सय ९३ रुपैया बराबरको जिन्सी सामान र ४१ लख ८५ हजार नगद गरी १ करोड २१ लाख ४६ हजार ९ सय ७३ रुपैयाँ बराबरको राहत वितरण गरेका छौ ।’ असार १ देखीयता गण्डकी प्रदेशमा बाढी पहिरोका कारण ३३ जनाले ज्यान गुमाएका छन् भने, २ जना वेपत्ता र ४४ जना घाइते भएका छन् । मुख्यमन्त्री नेपालीले कोरोना महामारीको क्रास कायमै रहदा बाढीपहिरोको प्रकोपले झन् पीडा थपिदिएको बताएका थिए । विपद् व्यवस्थापनमा तीन तहकै सरकारले आ–आफ्नो जिम्मेवारी पूरा गरेको उनले बताए । विपद्मा ज्यान गुमाएका परिवारलाई संघीय सरकारले २ लाख र प्रदेशले ५० हजार रुपैया राहत दिदै आएको छ ।
यस्तै, वेपत्ताका परिवारलाई तत्कालिन राहत, खाद्यान्नका लागि प्रतिपरिवार १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्चको लागि ५० हजार रुपैया प्रदेश सरकारले उपलब्ध गराउदै आएको छ । बाढीपहिरोका कारण घर पूर्णरुपमा क्षति भएमा प्रदेशले १ लाख रुपैया दिने निर्णय पनि गरेको बताउदै उनले दुर्गम र हिमाली जिल्लामा पूर्ण रुपमा क्षति भएका प्रतिघरलाई २ लाख रुपैया“ दिने निर्णय गरेको बताए । बाढीपहिरोकै कारण गोरखाको चुमनुब्री र मनाङमा खाद्यान्न संकट भएपछि यसको व्यवस्था पनि सरकारले गरेको मुख्यमन्त्रीले बताए । उनका अनुसार अविरल बर्षाबाट हुने क्षति रोक्न प्रदेश सरकाले प्रदेशका ८५ वटै स्थानीय तहलाई ५÷५ लाख रुपैया प्रदान गरेको छ । यस्तै, ११ वटै जिल्लामा ग्यावियन जालीका लागि २०/२० लाख रुपैया उपलव्ध गराएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *