गण्डकीमा मन्त्रिपरिषद् विस्तार

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले तीन जना मन्त्री नियुक्त गरेका छन् । मंगलबार एमालेबाट रोशनबहादुर गाहा मगर, बेदबहादुर गुरुङ (श्याम) र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली (सुविन) मन्त्री नियुक्त भएका छन् । तीन मन्त्री नियुक्तिसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । अव गण्डकी प्रदेशमा मुख्यमन्त्रीससहित ७ मन्त्री रहनेछन् ।

नियुक्त भएका मन्त्रीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको निवासमा मंगलबार साँझ पद तथा गोपनीयताको शपथ खुवाएका छन् । शपथ कार्यक्रम सकिएसँगै गण्डकी प्रदेशका तीन विनाविभागीय मन्त्रीले पनि मन्त्रालयको जिम्मेवारी पाएका छन् । पुस २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राप्रपाबाट पञ्चराम गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

दोस्रो वरियतामा रहेर हरिबहादुर चुमानले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । यसैगरी, आर्थिक मामिला मन्त्री सीता सुन्दास, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पञ्चराम गुरुङ, आन्तरिक मामिला तथा कानुन रोशनबहादुर गाहा मगर, कृषि, उर्जा तथा जलस्रोत मन्त्रालय वेदबहादुर गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी रेशमबहादुर जुग्जालीले समालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *