गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज बसेकाे गण्डकी प्रदेशसभाकाे वैठकमा विश्वासकाे मत प्राप्त गरेका छन् । संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानकाे धारा १६८ काे उपधारा ४ अनुसार वैठकमा विश्वासकाे मत माग गरेका थिए । ६० सदस्यमध्ये वैठकमा ५८ जना सहभागी थिए । जसमा ३१ सांसदले पक्षमा र २७ ले विपक्षमा मत दिएका छन् । वैठकमा दीपक मनाङे सहभागी थिएनन् । सभा ज्येष्ठ सदस्य मित्रलाल बस्यालकाे अध्यक्षतामा बसेकाे थियाे ।
Post Views: 19