गण्डकी प्रदेशभित्रको वनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पारित भएको छ । विहीवार बसेको प्रदेशसभाको वैठकमा उक्त विधेयक सर्वसम्मतरुपमा पारित भएको हो । विधेयक गत साउन २४ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो । प्रदेशसभाबाट पारित भएको वन ऐनलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट कार्यान्वयन गरिनेछ ।
सभामुख कृष्णप्रसाद धितालले सर्वसम्मतरुपमा विधेयक पारित भएको जानकारी दिए । विधेयकमा गण्डकी प्रदेशभित्रको राष्ट्रिय वन, नीजि, सार्वजानिक तथा शहरी वनको संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्दै दिगो वन व्यवस्थापनको माध्यमबाट वन पैदावारको सहज आपूर्ति, वन पैदावारमा आधारित उद्योग र पर्यापर्यटनको प्रवद्र्धन, वनस्पति, वन्यजन्तु, जैविक विविधिता, जलाधार तथा वातावरको प्रभावकारी व्यवस्थापन एवं नियमनमार्फत स्वस्थ्य वातावरणको प्रवद्र्धन तथा सामुदायको जिविकोपार्जनमा योग्दान गर्दै प्रदेशको समृद्धिमा टेवा पु¥याउन यस विधेयकले मद्दत पुग्ने बताइएको छ ।
