गण्डकीमा समानुपातिकतर्फ एमाले अगाडि

Share this post :

Facebook
Twitter
WhatsApp

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणम सार्वजानिक भइरहदाँ गण्डकी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले अगाडि रहेको छ । प्रदेशका एघारवटै जिल्लाको मत परिणम अनुसार एमालेले २ लाख २१ हजार ३ सय ४२ मत प्राप्त गरेको छ । यो शुक्रबारसम्मको नतिजा हो ।
यस्तै, नेपाली काँग्रेसले १ लाख ९४ हजार १ सय ४० मत प्राप्त गरेको छ भने, नेकपा माओवादी केन्द्रले ९३ हजार ५ सय ३६ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ हजार ९ सय ६६ मत ल्याउदा राष्ट्रिय जनमोर्चा पार्टीले १३ हजार ५ सय ९४, हाम्रो नेपाली पार्टीले १२ हजार ३ सय १९ र नेकपा एकीकृत समाजवादीले ११ हजार १ सय ३९ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *