गण्डकीमा सवा ३ लाख गाडी दर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा हालसम्म ३ लाख १८ हजार ३ सय ७२ सवारीसाधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकल २ लाख ४९ हजार ४ सय ३८ वटा दर्ता भएका छन् भने कार, जीप, भ्यान २० हजार ८ सय १७, बस, मिनी बस र मिनी ट्रक १० हजार ८ सय ४६, माइक्रो बस १४ हजार ५ सय १३ दर्ता छन् ।

यस्तै, ट्याक्टर र पावरटेलर १२ हजार २ सय १२, क्रेन, डोजर, एक्स्काभेटर र ट्रक ७ हजार ८९, पिक अप भ्यान ३ हजार ४ सय १० र टेम्पो ४७ वटा दर्ता भएको यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले जनाएको छ । कार्यालयका अनुसार आव २०७५/०७६ देखि विद्युतीय सवारीको पनि दर्ता सुरु भएको छ । हालसम्म ९ सय ९० विद्युतीय सवारी दर्ता भएका कार्यालयले जनाएको छ । त्यसमध्ये मोटरसाइकल र स्कुटर ३ सय ७३ वटा छन् भने कार सबैभन्दा धेरै ५ सय ४९ वटा छन् । पिकअप भ्यान १३ र माइक्रो ५५ वटा दर्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *