गण्डकीमा ४३ हजार परीक्षार्थी एसईईमा सहभागी

Share this post :

Facebook
Twitter
WhatsApp

माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि गण्डकी प्रदेशमा करिव ४४ हजार परीक्षार्थी सहभागी भएका छन् । शुक्रबारदेखी सुरु भएको एसईई परीक्षाको लागि गण्डकीमा ४३ हजार १ सय ६४ परीक्षार्थी सहभागी भएको गण्डकी प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ ।
नियमिततर्फ ४१ हजार ५ सय १६ परीक्षार्थी रहेको प्रदेश शिक्षा निर्देशक अम्बिका आचार्यले बताए । निर्देशक आचार्यका अनुसार ग्रेड बृद्धितर्फ २ सय ७२ जना रहेको छन् भने, प्राविधिकतर्फ १ हजार ३ सय ७६ रहेका छन् । एसईई परीक्षा गण्डकी प्रदेशका एघार वटै जिल्लामा संचालन भएको छ । जसमा १ हजार ३ सय ३६ विद्यालय सम्मिलित छन् ।
निर्देशनालयका अनुसार २ सय २३ वटा परीक्षा केन्द्र तोकिएको छ । २ सय २३ जना केन्द्राध्यक्ष रहेका छन् । २ सय ९९ सहायक केन्द्राध्यक्ष रहेका छन् भने, २ हजार १ सय ६२ जना निरीक्षक रहेका छन् । यस्तै, परीक्षाको लागि ४ सय ३४ जना परीक्षा सहायक रहेका तोकिएका छन् । कार्यालयले दिएको तथ्यांक अनुसार यसपटकको एसईई परीक्षा सफल बनाउन ८ सय ७२ कार्यालय सहयोगी र ३ हजार ३ सय ४५ सुरक्षाकर्मी खटिएका छन् ।
परीक्षा संचालनको लागि २ करोड ४ लाख ४९ हजार ९ सय २४ रुपैया“ बजेट प्राप्त भएको निर्देशक आचार्यले बताएका छन् । निर्देशक आचार्यले प्रदेशका एघार वटै जिल्लामा पहिलो दिनको एसईई परीक्षा समस्यारहित सम्पन्न भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *