गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले मन्त्रालय घटाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित १२ वटा रहेका प्रदेश मन्त्रालयको संख्या घटाएर ७ मा झारिने विनाविभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिए । मुख्यमन्त्री खगराज अधिकारीले नियुक्ती भएकै दिन मन्त्रालयको संख्या घटाउने घोषण गरेका थिए । मुख्यमन्त्रीको निवासमा आइतबार साँझ बसेको सत्ता गठबन्धनको वैठकमा मन्त्रालयको संख्या घटाउने सहमति भएको थियो ।
मन्त्रालय कुन कुन बनाउने भन्ने विषयमा टुंगो नलागिसकेको राप्रपाका मन्त्री गुरुङले बताए । मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले ३ विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । अहिलेसम्म तीनै मन्त्रीलाई जिम्मेवारी तोकिएको छैन् । दललाई मन्त्रालयको टुंगो लागेपछि मात्र मन्त्रीलाई जिम्मेवारी दिइने सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन ।
मन्त्रालयको नामावली यसप्रकार छ ।
