गण्डकीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना

Share this post :

Facebook
Twitter
WhatsApp

यतिबेला नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । गण्डकी प्रदेशसहित ६वटा प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम साधारणतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना छ। आज राति गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस प्रदेशकै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपात हुने बताइएको छ । यस्तै, कोशी र कर्णाली प्रदेशका भूभागमा पनि रात आंशिक बदली हुने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *