सात प्रदेशमध्ये आर्थिक बृद्धिदर सवैभन्दा बढी गण्डकी प्रदेशको रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा गण्डकीको आर्थिक वृद्धिदर सबैभन्दा बढी रहेको छ । कार्यालयले आव २०७९–८० को प्रादेशिक लेखा अनुमान प्रतिवेदन सार्वजानिक गरेको थियो । प्रतिवेदनमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.२६ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
संशोधित अनुमान अनुसार गत आवमा पनि गण्डकीको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत थियो । चालु आवमा सवैभन्दा कम आर्थिक बृद्धिदर १.४४ प्रतिशत वाग्मती प्रदेशको छ । यस्तै, कोशी प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशत, मधेस प्रदेशको १.६९ प्रतिशत, लुम्बिनीको २.०६ प्रतिशत, कर्णाली प्रदेशको १.९१ र सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयको प्रक्षेपण छ ।
Post Views: 21