आपसी सहयोग केन्द्र नेपालको आयोजनामा पोखरामा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । द एशिया फाउन्डेसनको (स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तरगत) आक्सले गण्डकी प्रदेशमा ‘जलवायु परिवर्तन’ सम्बन्धी गोष्ठी विहीवारदेखि सुरु गरेको हो ।
शुक्रबारसम्म संचालन हुने उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री जीवनाथ पौडेलले गरेका हुन् । गण्डकी प्रदेशमा जलवायु परिवर्तन अनुकुलन र विपद् व्यवस्थापनको बर्तमान अवस्था, नीतिगत व्यवस्था र भावी कार्ययोजनासहितको समिक्षा एवं क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आक्स नेपालका अध्यक्ष रुकुमदत्त शर्माले बताए ।
बिगतदेखिनै गण्डकी प्रदेशमा भूक्षय, पहिरो, बाढी, खडेरी, भूकम्प र चट्याङ र हुरी जस्ता प्राकृतिक प्रकोपबाट प्रत्यक्ष प्रभावित हुँदै गएको सन्दर्भमा प्रदेशस्तरमा यस प्रकारको छलफलले प्रदेशलाई जलवायु अनुकुलनमैत्री प्रदेश निर्माणका लागि योजना तर्जूमा गर्न सहयोग पुग्ने प्रमुख अतिथिसमेत रहेका सचिव जीवलाल पौडेलले बताए । प्रदेशमा जलस्रोत, कृषि, स्वास्थ्य लगायतका सवैजसो क्षेत्रमा जलवायु परिवर्तनको जोखिम उच्च रहेकोले न्युनीकरणका लागि सफ्टवेर सँगसँगै अनुकुलनका लागि हार्डवेयर मोडलमा समेत काम गर्न दातालाई अनुरोध गर्दै यस समिक्षाले जलवायु परिवर्तनको असर बुझेर जलवायुमैत्री विकासका लागि नागरिकलाई सुसुचित गर्न, जलवायु सम्बन्धी काम हेर्न फोकल युनिटको व्यवस्था साथै जलवायु सम्बन्धी कामका लागि एकद्वार प्रणाली स्थापना र गण्डकी प्रदेश अन्तरगतका प्रदेशहरू बीचमा समन्वयकारी भूमिका बढाउन सहयोग पुग्ने उनको भनाई थियो ।
द एशिया फाउन्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार, सहजकर्ता श्रीकृष्ण चौधरी, हरीप्रसाद ढकाल, मेघनाथ पौडेल लगायतले यस प्रकारको गतिबिधीले गण्डकी प्रदेशस्तरमा जलवायु सचेतना बृद्दी र प्रचारमा निकै टेवा पुग्ने र जोखिममा पर्न सक्ने नागरिकको जीवन रक्षाको लागि टेवा पुग्ने बताए ।

2 Responses
Very good.Well done.
Very good and well done